एमाले

प्रेस स्वतन्त्रतामाथि प्रहार बन्द गर : एमाले

पब्लिक प्रेस ।

काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सञ्चारगृहमा छापा मार्ने, सञ्चारकर्मीलाई धरपकड गर्ने र भय तथा त्रासको वातावरण सिर्जना गर्ने सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाएको छ। एमालेले सरकारको यस्तो कदमलाई अलोकतान्त्रिक, निरंकुश र फाँसीवादी प्रवृत्तिको घोतक भन्दै तत्काल रोक्न माग गरेको छ।

एमाले केन्द्रीय कार्यालयले २०८३ कात्तिक १३ गते जारी गरेको प्रेस वक्तव्यमा प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै स्वतन्त्र सञ्चारमाध्यममाथिको हस्तक्षेप नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार भएको जनाएको छ।
वक्तव्यमा राज्यका निकायहरू कानुनको शासनको मर्यादाभित्र रहनुपर्नेमा सरकार स्वयंले कानुनी प्रक्रिया र लोकतान्त्रिक मान्यताविपरीत दमनकारी व्यवहार प्रदर्शन गर्नु गम्भीर चिन्ताको विषय भएको उल्लेख गरिएको छ।
एमालेले कानुनको शासनका नाममा कानुनको उल्लङ्घन, सुशासनका नाममा दमन र लोकतन्त्रका नाममा निरङ्कुशता स्वीकार्य हुन नसक्ने स्पष्ट पारेको छ।
सञ्चारमाध्यममाथिको गैरकानुनी हस्तक्षेप र धरपकड तत्काल बन्द गर्न माग गर्दै एमालेले सञ्चारगृह तथा सञ्चारकर्मीको संवैधानिक अधिकार र प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्न सरकारसँग आग्रह गरेको छ।
सरकारको अलोकतान्त्रिक, दमनकारी र निरङ्कुश कदमको एमालेले घोर निन्दा तथा भर्त्सना गर्दै पक्राउ परेका सञ्चारकर्मीलाई तत्काल रिहा गर्न माग गरेको छ।
वक्तव्य एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जारी गरेका हुन्।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button