एमाले

जनप्रतिनिधि मूल्यांकनका लागि अनुगमन समिति गठन

पब्लिक प्रेस ।
सप्तरी, । नेकपा एमाले सप्तरीले आफ्ना जनप्रतिनिधिहरूको कार्यसम्पादन मूल्यांकन गर्ने उद्देश्यले विहिबार अनुगमन  समिति गठन गरेको छ। पार्टीको जिल्ला कमिटीको २०८२ असोज ९ गते बसेको पूर्ण बैठकबाट प्राप्त म्यान्डेट अनुसार असोज २३ गते बसेको पदाधिकारी बैठकले विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूको कामको समीक्षा गर्न समितिहरू गठन गरेको हो।

निर्णय अनुसार डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाका जनप्रतिनिधिहरूको मूल्यांकनका लागि क. उत्तम गौतम संयोजक रहेको समिति गठन गरिएको छ। उक्त समितिमा क. अशोक यादव र क. नागेश्वर यादव सदस्य रहेका छन्।

त्यस्तै अग्नि साईर कृश्ना सबरन गाउँपालिकाका लागि क. शैलेन्द्र चन्द्र झा संयोजक तथा क. पञ्चदेव खङ र क. वीरबहादुर मर्साङ्दी सदस्य रहेको समिति गठन गरिएको छ।

साथै पेशागत महासंघ नेपाल सम्बन्धी मूल्यांकन कार्यका लागि क. रत्ना तामाङ संयोजक र क. भागवत यादव, क. राजकुमार महतो, र क. ललित नारायण रजक सदस्य रहेको समिति बनाइएको छ।

पार्टीका उप–सचिव तथा प्रवक्ता दुर्गानन्द ठाकुरका अनुसार यी समितिहरूले सम्बन्धित जनप्रतिनिधिहरूले हालसम्म गरेका कार्यहरूको अध्ययन, मूल्यांकन र प्रतिवेदन तयार गरी जिल्ला कमिटीमा पेस गर्नेछन्। उनले जनप्रतिनिधिहरूको काम जनताप्रति जवाफदेही बनाउन र संगठनको जिम्मेवारी सुदृढ पार्न यो पहल गरिएको बताए।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button