एमालेसमाचार

“जेन जिको नाममा ढोंग होइन, सोचको क्रान्ति चाहिन्छ”

पब्लिक प्रेस ।

म नेकपा (एमाले) पार्टीको एक जिम्मेवार युवा कार्यकर्ता हुँ।
म न कुनै योजना लिएको छु, न कुनै योजना चलाएको छु, न कुनै योजना बेचेको छु।
तर पछिल्लो समय केही व्यक्ति, जो विभिन्न एन्जियो–आयन्जियोका नाममा योजनाहरू चलाउँछन्,
कसैले योजना बेचेर, कसैले अनुदान खाएर, आफ्नो स्वार्थ पूरा गर्ने काममा लागेका छन् —
तेहीहरू अहिले आफूलाई “जेन जी” भनेर चिनाउन थालेका छन्।

तर सम्झनुहोस् —
“जेन जी” आन्दोलन भ्रष्टाचार, बेइमानी र पुरातन सोचविरुद्ध जन्मिएको थियो।
त्यो आन्दोलनको नाममा आज भ्रष्टाचारमा मुछिएका, स्वार्थमा रमाएका,
र योजनाको व्यापार गरेर समाजलाई धोका दिनेहरूले “जेन जी” को पहिचान बोकिन सक्छन् ?
यो त साँचो नयाँ पुस्ताको अपमान हो।

केही दिनअघिसम्म पार्टीको झण्डा बोकेर हिँड्नेहरू
आज आएर आफूलाई “स्वतन्त्र” भनेर चिनाउँछन्।
तर स्वतन्त्रता झण्डामा होइन — विचारमा हुन्छ।
स्वतन्त्र सोच र पहिचान भनेको कसैको झोला बोक्नु होइन,
आफ्नो इमान, सिद्धान्त र कर्ममा अडिनु हो।

हामीलाई “जेन जी” बन्न घोषणा गरेर होइन,
जेन जी सोच — नयाँ विचार, नयाँ दृष्टि, र परिवर्तनको इमानदारी चाहिएको हो।
ढोंग गरेर होइन, कर्मबाट समाज बदल्ने पुस्ता नै साँचो नयाँ पुस्ता हो।

हामी सोच बेच्दैनौं — सोच बदल्छौं।
हामी योजना चलाउँदैनौं — नयाँ विचार चलाउँछौं।
हामी आफ्नो देश, आफ्नो पीढी र आफ्नो पहिचानमा गर्व गर्छौं।

— पुर्व एमाले युवा नेता, चितरन्जन यादव

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button