एमालेसमाचार

अध्यक्ष दिनानाथ चौधरीको आरोप– उपाध्यक्ष र वडाध्यक्षले मिलेर गरे राजनीतिक षड्यन्त्र

पब्लिक प्रेस
सप्तरी ।

सप्तरीकाे अग्नीसाईर कृष्णासवरन गाउपालिकाका अध्यक्ष दिनानाथ चाैधरीले राजिनामा नदिएकाे दावी गरेका छन् । उनले बुधबार जण्डाैल स्थित उनकाे सचिवालय कार्यालयमा पत्रकार सम्मेलन गरेर यस्ताे बताएकाे हाे । उनले भने यहि कार्तिक १८ गते पालिका उपाध्यक्ष कल्पना चाैधरीकाे हस्ताक्षरमा मेराे राजिनामा स्वीकृत गरेकाे एक पत्र सामाजिक सञ्जालमा पाेष्ट गरेकाे पाएँ । मैले असाेज ५ गते उपाध्यक्ष समक्ष राजिनामा दिएकाे कपाेल कल्पित पत्र सार्वजनिक गर्दै साे पत्रलाई आधार बनाएर उपाध्यक्ष चाैधरीले कार्तिक १८ गते राजिनामा स्वीकृत गरेकाे सार्वजनिक गरेर ममाथि षडयन्त्र गरेकाे भन्दै उनले आपत्ती जनाए ।

उनले भने जबकी म असाेज ५ गते बिरामी थिए, कसरी मेराे हस्ताक्षरमा राजिनामा पत्र बनाइयाे । पत्रकारहरूकाे जिज्ञासामा उनले भने हस्ताक्षर कृते नहाेला तर मलाई पनि थाहा छैन मैले कुन पेपरमा हस्ताक्षर गरेकाे छु ।

वडाध्यक्ष तेज नारायण यादव( महेश) माथि मलाई शंका छ उनले भने ममाथी उसकाे सालसाँची हुनसक्छ । मैले पालिकामा क्लाेजिङ्ग लगायत कार्यालय कामकाजका लागि पटक पटक बैठककाे आव्हान गरेको अध्यक्ष चाैधरीले बताए । मैले बैठक बाेलाउदा वडा नम्बर ४ का वडाध्यक्ष यादवले नै केहिदिन अगाडि भन्याे तपाईले राजिनामा दिइसक्नु भएकाे छ । मलाई थाहा छैन तर उसले मेराे राजिनामा बारे कुरा उठाउनुकाे रहस्य यहि हाे राजिनामाकाे कागजमा हस्ताक्षरकाे चलखेल उसैबाट भएकाे छ ।
यता अध्यक्ष चाैधरीकाे राजिनामा १७ गते नै स्वीकृत भएकाे निर्णय सहित निर्वाचन आयोगमा पठाएका छन् तर स्वीकृत पत्रमा भने १८ गतेकाे मिति जारी गरिएकाे छ । राजिनामा स्वीकृत नगरी स्वीकृत भईसकेकाे भनेर निर्वाचन आयोगमा लिखितम जानकारी दिने अनि स्वीकृत पून: १८ गतेकाे मितिमा भएकाे भन्दै सच्याउदै सार्वजनिक गरेकाे पाइदा हदैसम्मकाे आफुमाथि षडयन्त्र भएकाे अध्यक्ष चाैधरीले खुलाए ।
उनले भने मैले कुनै गल्ती गरेकाे छुइन र राजिनामा मेराे राजिखुशी तथा स्वेच्छाले दिएकाे छुइन, कसैले जालसाँची गरेर झुक्याएर गरेकाे हुनसक्छ ।
सबै मिलेर काम गराैं, यसका लागि सहज वातावरण तर्फ उन्मुख हुन उनले सबै जनप्रतिनिधीहरूलाई पत्रकार समक्ष अनुराेध समेत गरे । उपाध्यक्षसंग यसबारे जानकारी लिने र समन्वयका लागि वातावरण मिलाउने चाैधरीले जनाए ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button