समाचार

धनुषामा वडा अध्यक्षलाई गोली हानी हत्या गर्ने आरोपित प्रहरीका सहायक हवल्दार

पब्लिक प्रेस
जनकपुरधाम ।धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडा अध्यक्ष बिन्देश्वर यादवको गोली हानी हत्या गर्ने व्यक्ति नेपाल प्रहरीकै सहायक हवल्दार रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत शम्भु यादवले बिदामा घर फर्किएका बेला वडा अध्यक्षमाथि गोली प्रहार गरेका थिए।

घटनापछि आरोपित स्वयं पनि घाइते भएका छन्। उनी अहिले जनकपुरस्थित जानकी अस्पतालमा प्रहरीको कडा निगरानीमा उपचाररत छन्। प्रहरीका अनुसार घाइते अवस्थामै पिडारीचौक, जनकपुरबाट एम्बुलेन्समार्फत बिराटनगर लैजाँदै गर्दा धारापानीबाट उनलाई नियन्त्रणमा लिइएको हो।

हत्याको कारण पुर्ख्यौली रिसइबी रहेको प्रहरीले जनाएको छ। यसबारे विस्तृत अनुसन्धान अघि बढाइएको छ। घटनामा दुबै पक्षका व्यक्तिहरू घाइते भएका छन्, जसले स्थानीयस्तरमा सुरक्षा चुनौती थपिएको प्रहरीको भनाइ छ।प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी थप कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button