एमाले

प्रधानमन्त्री केपी शर्मा ओली मधेस प्रदेश आउँदै

पब्लिक प्रेस ।

काठमाण्डौ, साउन ९ — प्रधानमन्त्री केपी शर्मा ओली आज महोत्तरी र बारा जिल्लामा विभिन्न विकास आयोजनाको उद्घाटन तथा कार्यक्रमहरूमा सहभागी हुन जाँदैछन्।

उहाँले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमा निर्मित नयाँ पुल उद्घाटन गर्ने कार्यक्रम छ। साथै वडा नं ६ मा निर्माण गरिएको प्रसूतिगृहको पनि उद्घाटन गरी स्थानीयहरूलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव विष्णुप्रसाद सुवेदीले जानकारी दिनुभयो।

यस्तै, जनकपुर–कुर्था–सम्सी सडकखण्डमा पर्ने रौजास्थित रातुखोला पुलको उद्घाटन पनि आजै गरिनेछ। त्यसपछि प्रधानमन्त्री ओली बाराको परवानीपुर गाउँपालिकामा नव निर्माण भएको प्रशासकीय भवनको उद्घाटन गर्दै सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीको यो भ्रमणले मधेस प्रदेशमा भौतिक संरचना तथा स्वास्थ्य सेवाको सुदृढीकरणमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button