समाचार

आतंकारीको सुचना दिनेलाई भारतीय २० लाख पुरस्कारको घोषणा

पब्लिक प्रेस सम्वाददाता
राजविराज ।
भारतको जम्मू कश्मीर अन्तर्गत पहलगामको बैसरन क्षेत्रमा भएको आतंकवादी हमलामा संलग्न तीन आतंककारीहरूको सुचना दिनेलाई प्रहरीले पुरस्कार घोषणा गरेको छ ।
जम्मू कश्मीर प्रहरीले बिहिबार तिनै जना आतंककारीहरुको नाम र स्केच जारी गर्दै आतंकारीबारे सुचना दिनेलाई प्रति व्यक्ति भारतीय २० लाख रुपैयाँको घोषणा पुरस्कार राखेको हो ।
प्रहरीका अनुसार आक्रमणकारीहरूको पहिचान हाशिम मुसा उर्फ सुलेन, अली भाई उर्फ तल्हा भाइ र आदिल हुसेन ठोकरको रूपमा गरिएको छ । तिनीहरूमध्ये दुई जना पाकिस्तानी मूलका लश्कर–ए–तैयबासँग सम्बन्धित आतंकवादी संगठन द असिस्टेन्स फ्रन्ट (टीआरएफ) का हुन् र आदिल हुसेन ठोकर स्थानीय आतंकवादी रहेको बताइएको छ ।
जम्मू कश्मीर प्रहरीले ‘आतंककारीहरूको बारेमा जानकारी दिने जो कोहीलाई सो रकम बराबरको पुरस्कार दिइने भनेको छ । सूचना दिने व्यक्तिको पहिचान गोप्य रहने प्रहरीले जारी गरेको सुचनामा भनिएको छ ।’ जानकारी दिनको लागि, प्रहरीले अनन्तनागका वरिष्ठ प्रहरी अधिक्षकको मोबाइल नम्बर ९५९६७७७६६६, प्रहरी नियन्त्रण कक्षको मोबाइल नम्बर ९५९६७७७६६९ र इमेल नम्बर (मउयबलबलतलबन (वप२लष्अ।ष्ल० को सम्पर्क नम्बरहरू समेत जारी गरेको छ ।
अर्कोतर्फ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चायती राज दिवसको अवसरमा बिहिबार बिहारको मधुबनी जिल्लामा आयोजित एक सरकारी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “म स्पष्टसँग भन्न चान्छु कि यो आक्रमण गर्ने आतंककारीहरूलाई र यस घटनामा षड्यन्त्र गर्नेहरूलाई कल्पनाभन्दा ठूलो सजाय दिनेछु ।”
अब आतंककारीहरूको बाँकी रहेको भूमिलाई ध्वस्त पार्ने समय आएको हो । प्रधानमन्त्री मोदीले भने यी आतंकारीहरुले कहिले पनि सपनामा कल्पाना समेत नगरेको होला । हामी तिनीहरूलाई यसरी सजाय दिनेछौं । प्रधानमन्त्रीले बुधबार नै सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठक बोलाएका थिए । त्यस बैठकपछि सिन्धु जल सन्धि रोक्ने, दूतावासका कर्मचारी घटाउने र पाकिस्तानीहरूको भिसा रद्द गर्ने निर्णय गरिएको थियो ।
मंगलबार भारतको जम्मू कश्मीर अन्तर्गत पहलगामको बैसरन क्षेत्रमा आतंकारीहरुको संघातीय आक्रमणबाट एक नेपाली सहित २६ जनाको ज्यान गरेको छ र ३७ जनाभन्दा बढी घाइते भएको भारतीय सञ्चारकर्मीहरुले जनाएको छ ।
यता, भारतीय पक्षले पाकिस्तान विरुद्ध सैन्य बल पनि प्रयोग गर्न सक्ने अनुमान गरिएको छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button