समाचारसमाज

टेम्पुमा छुटेको ३२ हजार ५ सय रुपैयाँ ट्राफिक प्रहरीद्वारा फिर्ता

 

धनुषा

टेम्पुमा छुटेको ३२ हजार ५ सय रुपैयाँसहितको झोला ट्राफिक प्रहरीले खोजी गरी सम्बन्धित धनीलाई फिर्ता गराएको छ ।

धनुषाधाम नगरपालिका–४ निवासी महेन्द्र रामको टेम्पुमा ओर्लिने क्रममा ३२ हजार ५ सय रुपैयाँ रहेको झोला छुटेको थियो । झोला छुटेको जानकारी पाएपछि ट्राफिक प्रहरीले टेम्पुको खोजी गरी झोलासहितको रकम सकुशल फिर्ता गराएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको समन्वयमा ट्राफिक प्रहरी टोलीले उक्त रकम सम्बन्धित धनी महेन्द्र रामलाई जिम्मा लगाएको जनाइएको छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button