समाचार

बाेदेबरसाइनमा: शिक्षाकाे नाममा प्रमाण नै पेश नगरी लाखौं रकम निकासा लिएको खुलासा

पब्लिक प्रेस 
नविन यादव

सप्तरीको बाेदेबरसाइन नगरपालिकाका कर्मचारी, जनप्रतिनिधी र शिक्षककाे मिलाेमताेमा बिना प्रमाणकै आधारमा
पढ्‌दै , कमाउदै कार्यक्रमको लाखौं रूपैयाँ निकासा लिएको खुलासा भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत पढ्‌दै कमाउदै कार्यक्रम संचालन कार्यविधि २०७८ को दफा ८(१) मा कार्यक्रम संचालनका लागि छनौट भएका विद्यालयमा कार्यक्रम संचालन गर्न सुरुमा ५० प्रतिशत रकम दिइनुपर्ने उल्लेख छ । साथै बाँकी रकम विद्यालयको कार्यप्रगतिको आधारमा स्थानीय तहले विद्यालयसँग सम्झौता गरी अनुदान उपलब्ध गरार्नुपर्ने तथा दफा २९ मा कार्यविधि बमोजिम छनौट भएका विद्यालयबाट सम्पन्न भएको कार्यक्रमको सम्बन्धित विद्यालयले अनिवार्य रुपमा सामाजिक परीक्षण गराई सामाजिक परीक्षणको प्रतिवेदन स्थानीय तहमा पठाउनुपर्ने व्यवस्था छ । तर पालिकाले कार्यविधिको पालना नै नगरी श्री ५ महेन्द्र चुन्नी मावि मानराजालाई एकै पटक पुरै रकम रू. १० लाख नियमविपरीत उपलब्ध गराएकाे थियाे । नियमानुसार ५० प्रतिशत मात्र अनुदान दिइनु पर्नेमा साे नगरी एकैपटक विद्यालयलाई रकम दिएकाे छ । कार्यप्रगति अनुसार सम्झौता नगरी रुपैयाँ निकासा गरेको महालेखा परिक्षणकाे ६३ औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

दफा २९ बमोजिम सामाजिक परिक्षण समेत गराएको नपाइएकोले सामाजिक परिक्षण गराई सोको प्रतिवेदन पेश गर्नुपर्ने अन्यथा असुल गर्नुपर्ने प्रतिबेदनले ठहर गरेको छ । यसरी शिक्षाकाे नाममा माेटबरा रकम प्रमाण नै पेश नगरी पालिकाले हचुवाकाे भरमा लाखौं लाख रूपैँया निकास दिने प्रवृत्ति शिक्षा क्षेत्रको ब्यतिथि उजागर भएको छ ।

यस्तै आव.२०७८/२०७९ मा नगरपालिकाले रू १० लाख रुपियाँ प्रमाण कागजात पेश नै नगरी निकासा दिई पछि रोक्का राखेको महालेखा ६२ औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
यसरी वर्षान्तमा आएर सशर्त अनुदानको रकम निकासा दिई रोक्का समेत राखेको र विद्यालयले उक्त रकम जग्गा विवादको कारण कुनै कार्यक्रम गर्न नसकेकोले सो रकम संघिय कोष फिर्ता गर्नुपर्ने महालेखा प्रतिवेदनमा भनिएकाे छ । याे रकम संघिय कोष फिर्ता न गरेपछि बेरुजुमा समेत ठहर गरिएको छ ।

स्थानीयका अनुसार पढ्दै कमाउदै कार्यक्रम प्रभावकारी रूपमा संचालन भएको छैन । यदि सो कार्यक्रमको प्रगति विवरण खोज्यो भने विद्यालय प्रशासनलाई हमैहम हुन्छ । यस्ता महत्त्वपूर्ण कार्यक्रम बारे त्यहाँका अभिभावक अनभिज्ञ छन् ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button