समाचार

आफ्नै भोटले आफैलाई दु:ख, आश्वासनमा घात: स्थानिय

पब्लिक प्रेस संवाददाता
राजबिराज मङ्सिर १२ गते ।

सप्तरीकाे डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र ४ का जनताले बिगतमा आफुहरुले साेच बिचार नपुर्याउँदा पछुताउनु परेकाे गुनासाे गरेका छन् । चुनावकाे समयमा याे गर्छु, त्याे गर्छु, अरूभन्दा म राम्राे भन्दै विभिन्न कपाे कल्पित गरेर मत लिन्छ, बिजय भएर कुर्सीमा बसेपछि केही गर्दैन । यसरी नै बित्दैछ स्थानिय निर्वाचनकाे २ कार्यकाल । यस्तै गुनासाे गरे वडा नम्बर १ स्थित कविलासाका पूर्व शिक्षक वसन्त चाैधरीले ! उनले भने
हाम्रा गाउँ ठाउँकाे शिक्षा, स्वास्थ्य, कृषि, भाैतिक पूर्वाधारका लगायत क्षेत्रकाे न्युनतम बिकास हुन सकेन । हामीलाई आश्वासन दिएर हामीसंग लिएकाे अमुल्य मतले बिजय भएर गएपछि नत हामीलाई नै चिन्याे नत बिकास नै !

यहि मङ्सिर १६ गते हुन गइरहेकाे उप निर्वाचनमा साेची बुझी मात्र आफ्नो अमुल्यमत प्रयाेग गर्ने उनले पब्लिक प्रेसलाई बताए । यस्तै साेही गाउँका अपाङ्ग चन्द्रकान्त सदाकाे पनि गुनासाे उस्तै छ । २०७९ काे स्थानिय निर्वाचनमा वडाध्यक्ष पदमा नेपाली काँग्रेसका प्रीतमलाल चाैधरीलाई जितायाैं, उनले ढाईबर्ष पदमा रहेर केही माखाे मारेन सदाले भने अहिले उनी हामी समक्ष छैन तर रहुँन्जेल केही गरेन । २०७४ मा नेपाली काँग्रेसबाटै निर्वाचित बिजय कुमार चाैधरीले पनि यहाँ कुनै काम गर्न सकेन । कविलासा स्थित मुसहरी टाेलमा मात्र हामी सदा जातीका ७० घरपरिवारकाे समस्या, पीडामा कुनै चासाे दिएन। हाम्राे घर आगनमा खानेपानीकाे ट्युवेल जडान र हाम्रा जातीकाे देवता “दीनाभद्री” काे मन्दीर स्थापनाकाे माँग गर्दै आयौ तर यसमा चासो दिएन तर यहि काम नेकपा एमालेका जिल्ला अध्यक्ष ताराकान्त चाैधरीले गरीदियाे । उनकाे पहलमा हामी दलित, बिपन्न घरपरिवारलाई घर निर्माण गरिदियाे ।
साेही गाउँका राम प्रसाद सदा भन्छन्, हामीहरू साेझा साझा, अनपढ गवाराहरू पनि सचेत हुने बेला आएको छ । भाेटका लाागि मधेशी एकताकाे कुरा उठाउने देखि राजीराेटीकाे परिपूर्ती, बेराेजगारी समस्याकाे हल, घर नहुनेलाई घरकाे ब्यवस्था मिलाउने, स्वास्थ्य, शिक्षामा नि: शुल्ककाे ब्यवस्था मिलाउने लगायत दलितकाे समस्या समाधान गर्ने तर्फकाे आश्वासन दिने मधेशवादी दलपनि हेर्याै र काँग्रेसलाई पनि २ पल्ट हेर्याै, रामले भने अबकाे भाेट भने साेची बिचारी दिने छाै ।

यसैगरी वडा नम्बर ४ स्थित भुतहीका बासिन्दाहरूले पनि आफ्नो गाउँ ठाउँमा बिकास नभएकाे गुनासाे पाेखे । २०७४ हुँदै ०७९ काे स्थानिय निर्वाचनबाट निर्वाचित वडाध्यक्षले आफुहरुलाइ ठगेको स्थानियले आरोप लगाए । उनिहरूले पब्लिक प्रेससंग चुनावी माहाैलकाे कुरा गर्दै भने हामीहरूले यहाँ नेपाली काँग्रेस पार्टीलाई जिताएकै हाै तर ती पार्टीबाट निर्वाचित वडाध्यक्षले अपेक्षित काम गर्न नसक्दा स्थानिय जनता खुशी छैनन् ।

मधेशीवादी दलहरूमा पनि कसलाई बिश्वास गर्ने ? बिगतमा मधेशीहरूकाे हक, अधिकारकाे कुरा उठाएर जन्मिएका पार्टी आफ्नै स्वार्थका निम्ति सिमित भए सकलदेव यादवले बताए । जनता समाजवादी पार्टी नेपाल आफैमा २ टुक्रा भए, यस्तै जनमत पार्टीपनि मधेशी जनतालाई धार बनाएर कतिञ्जेल टिक्छ ? उनले भने याेपनि मधेशवादी दलबाट फुटेरै आएको हो नाम परिवर्तन गर्दैमा मधेशी जनताले बिश्वास गर्दैन अब ।
अब झुठा आश्वासन दिएर भाेट लिन्छु भन्ने भ्रम मात्र हाे, जनता सचेत भइसके, अब जनताकाे काम गर्ने, स्थिर र परिणाममुखी पार्टी तथा जनप्रीय उम्मेदवारलाई भाेट दिन्छाै उनले आफ्नो बिचार ब्यक्त गरे ।
यहि मङ्सिर १६ गते यस पालिकाका वडा नम्बर १ र ४ मा वडाध्यक्ष पदका लागि उप निर्वाचन हुदैछ । दुइवटै वडामा वरावरी ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button