पब्लिक प्रेस ।
आज माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत पहिलो दिनको अँग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु भएको २० मिनेटमै आउट भएको छ। प्राप्त जानकारी अनुसार, परीक्षा हलमा एक विद्यार्थीले मोबाइलमार्फत प्रश्नपत्र बाहिर पठाएको पाइएको छ।
न्यूज ब्यूरोले प्राप्त गरेको प्रश्नपत्रमा “एमपी” लेखिएको छ, जसले मधेस प्रदेशको परीक्षा केन्द्रसँग सम्बन्धित रहेको संकेत गर्दछ। यद्यपि, कुन परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको हो भन्ने स्पष्ट भएको छैन।
यस घटनाले परीक्षा प्रक्रियाको विश्वसनीयता र निष्पक्षतामा गम्भीर प्रश्न उठाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।










