पब्लिक प्रेस संवाददाता
कञ्चनरुप,मङ्सीर २६ गते ।काेशीटप्पु वन्यजन्तु आरक्षबाट आउने गरेका जङ्गली जनावरले अन्नवालीसंगै जिउधन समेतमा आघात पुर्याउदै आएको नौलो होइन । त्यहाँबाट रातिको समयमा निस्केर खेतवाली खाने तथा बालीमा क्षति पुर्याउने नियमित भइसकेको स्थानीयहरुले बताएका छ्न।यस बाहेक बाहेक गाउँघरमा पसेर मानवीय क्षति समेत पुर्याउने गरेको पाइन्छ ।
यसरी जिउज्यानमा चाेटपटक पुर्याउँने क्रममा सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्वर ३ सखुवनीका ४२ बर्षिय गोपाल खत्री अर्नाको आक्रमणमा परी गम्भीर घाइते भएको स्रोतले जानकारी दिएको छ।घाइते खत्री मङ्गलबार बिहानै ताेरी खेतमा गएको बेला आरक्षबाट निस्केका अर्नाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
उनलाई प्राथमिक उपचारको लागि धर्मेस्वर हस्पिटल कंचनपुरमा प्राथमिक उपचार पछि थप उपचारका लागि बिराटनगर स्थित नोबेल अस्पताल लगिएको सप्तकोसी नगरपालिका वडा न ३ का वडा सदस्य रमेश थापाले जानकारी दिए।










