समाचार

न्याय दिलाई पाऊ भन्दै सप्तरीबाट नोट छाप्ने ठगी गिरोह पिडित संघर्ष समिति काठमाण्डाैसम्म

पब्लिक प्रेस संवाददाता
राजबिराज माघ १४ गते ।

सप्तरी जिल्लाको नोट छाप्ने ठगी गिरोहबाट पिडितलाई न्याय दिलाई पाउँ भन्दै नोट छाप्ने ठगी गिरोह पिडित संघर्ष समिति सप्तरी काठमाण्डाै पुगेका छन् । साेमबार काठमाण्डाै पुगेर पिडित संघर्ष समितिले नोट छाप्ने मेशिनबाट रकम डब्बल गरिदिने ठगी गिरोहले बिगत डेढ़ दशकदेखि राजनैतिक संरक्षण र प्रहरी प्रशासनकै मिलेमतोमा चलाई रहेको संगठित अपराधिक गतिबिधिकाे बारेमा सम्मानिय प्रधानमन्त्रीलाई ज्ञापन- पत्र मार्फत ध्यानाकर्षण गराएका छन् । यहि ज्ञापन- पत्र गृहमन्त्रीलाईपनि बुझाएकाे संघर्ष समितिले जनाएका छन् । नोट छाप्ने ठगी गिरोह पिडित संघर्ष समिति सप्तरी (अपराधीहरूबाट ठगिएका पिडितहरू ) ले प्रधानमन्त्रीलाई भेटेर बुझाएकाे साे ज्ञापन- पत्रमा सप्तरीका सो गिरोहका नायिकेहरू हनुमानी भनिने राम बहादुर रजक, बैधनाथ यादव लगायतका समूहले दर्जनाै जनताबाट करोडाै रुपैयाँ ठगी गरेको उल्लेख छ ।

तिनीहरूमाथि ठगी तथा अपराधिक विश्वासघातको मुद्धा १३ वटाभन्दा बढी दर्ता रहेको जिप्रका सप्तरीका डिएसपी प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतकाे रेकर्डलाई काेण गर्दै ज्ञापन- पत्रमा भनिएकाे छ अहिलेसम्म यो समूहले सैकडों जनताबाट करोडाैं रुपैयाँ ठगी गरेको छ ।

ऊजुरी परेपछि र जनदवावकाे सिर्जना बढ्दै गएपछि रजक पक्राउ परे त्यसकाे केहि दिनपछि यहि माघ ५ गते बिहान यादवलाई पनि प्रहरीले पक्राउ गर्याे तर जिल्ला प्रहरी कार्यलय सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाको मिलेमतोमा अभियुक्त वैद्यनाथ यादवलाई १० घण्टा नवित्दै स्वास्थ्यको कारण देखाई त्यसैदिन साँझ छाडिदियाे।
उपचार गर्ने बहानामा आफन्तको जिम्मा लगाएका अभियुक्त यादवलाई उता भर्ना हुनु पर्ने कुनै थप कारण नरहेको अस्पतालले भन्दै आएपनि प्रहरीले पक्राउ गरिएको छैन ज्ञापन- पत्रमा अभियुक्त खुलेआम पीडितहरुलाई धम्काउँदै हिडिरहेकाे खुलाएकाे छ ।

उल्टै गिरोहका मान्छेहरूले प्रहरीकै संरक्षणमा उजुरीकर्ताहरूलाई कोठाभित्र थुनेर कुटपीट गर्ने र प्रहरीले पनि ऊजुरीकर्तालाई नै उल्टा धम्काउने, हिरासतमा राख्छु भन्दै डर देखाउने, पिडितहरूले उजुरी दिन आउँदा उजुरी नलिने तथा अभियुक्तको नाम काटेर ल्याउन प्रहरीकाे दवाव रहेकाे ज्ञापन- पत्रमा उल्लेख गरेकाे छ । माघ १३ गते हामी केहि पिडित उजुरीकर्ताहरू अभियुक्तहरूलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शनपनि गरेका थियौ, तर हाम्राे माँगकाे त्यहा कुनै सुनुवाई गरेन । तसर्थ जिल्लाबाट हाम्राे माँग सम्वाेधन नभएपछि माननिय मन्त्रीज्यूबाट न्याय पाउनका लागि यहाँ आएर यो ज्ञापन-पत्र पेश गरेकाे ज्ञापन- पत्रमा उल्लेख गर्दै भनेमा छन् हामीले न्याय नपाए हजारौको संख्यामा सडक प्रदर्शन गर्न वाध्य हुने छाै ।

तिलाठी काेईलाडी गाँउपालिका वडा नम्बर ८ निवासी भरत पंडित, अग्नीसाइर,कृष्णा सवरन वडा नम्बर ४ निवासी सानु कुमार चाैधरी, डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० निवासी महेन्द्र प्रसाद माझी, खडक नगरपालिका वडा नम्बर ११ निवासी विजय रजक, कञ्चनरूप नगरपालिका वडा नम्बर ११ निवासी ज्ञानेश्वर प्रसाद माझी, रूपनी गाउपालिका वडा नम्बर ५ का हेमशंकर कुमार सिंह र महदेवा गाउपालिका वडा नम्बर १ का हरी नारायण यादव लगायतका पीडित संघर्ष समिति छन् ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button