समाचार

लोकसेवा आयोगको अध्यक्षमा डा. यादव नियुक्त

पब्लिक  प्रेस सप्तरी |

मधेस  प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा. शिवराम यादव नियुक्त भएका छन् । मुख्यमन्त्री सतिस सिंहले यादवलाई आयोगको अध्यक्षमा नियुक्त गर्न हिजो सिफारिस गरेका थिए ।

सोही सिफारिसअनुसार प्रदेश प्रमुख सुमित्रा भण्डारीले शुक्रबार  उनलाई आयोगको अध्यक्षमा नियुक्त गरेकी हुन् । नियुक्त भएसँगै शुक्रबार यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष डा.शिवराम  यादवलाई प्रदेश प्रमुख भण्डारीले शपथ ग्रहण गराएकी हुन् ।

५७ वर्षीय यादव सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर १३ गम्हरिया निवासी हुन् ।  गत फागुनमा उमेर हदको कारण आयोगका तत्कालीन अध्यक्ष सुरेन्द्रप्रसाद यादव पदमुक्त भएपछि सो पद रिक्त थियो ।राताेपाटी

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button