समाचार

राजगढमा पत्रकारमाथि दुर्व्यवहार, पत्रकार महासंघले माग्याे दाेषीलाई अविलम्व कडा कार्वाही

पब्लिक प्रेस संवाददाता
राजबिराज ।

सप्तरीको राजगढ गाउँपालिकामा विभिन्न माग राखी स्थानीयवासिन्दा र पालिकाका बुहमत जनप्रतिनिधिबीचकाे संयुक्त रुपकाे चरणबद्ध आन्दोलनकाे समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई दुर्व्यवहार गरेका छन् । मंगलबार समाचार संकलनका लागि पालिका पुगेका महासंघका सचिव एवं कान्तिपुर टिभि संवाददाता रामनारायण विश्वास, महासंघका कोषाध्यक्ष नवीनकुमार गुप्ता, महासंघका सदस्य विद्यानन्द राम लगायतलाई पालिका अध्यक्ष ओमप्रकाश मण्डलको प्रत्यक्ष संलग्नतामा दुर्व्यवहार गरेकाे हाे । त्यहाँ अध्यक्ष सहितकाे टाेलीले समाचार संकलनमा अवरोध पुऱ्याउने, समचार उपकरण खोस्ने, कोठामा थुन्ने लगायत दुर्व्यवहार गरेका छन् ।

यस घटनाकाे घोर भर्त्सना र निन्दा गर्दै नेपाल पत्रकार महासंघ शाखा सप्तरीले प्रेस बिज्ञप्ती मार्फत दोषिलाई कानुनी दायरामा ल्याउन जोडदार माँग गरेका छन् । सार्वजनिक ओहदामा पुगेपछि त्यसको मर्यादा राख्नु जोसुकैको पदीय दायित्व हो तर यसमा अध्यक्ष मण्डल पूर्ण रुपमा चुकेको र प्रेस बिरोधी गतिबिधीका साथै तानाशाही व्यबहार देखाएको शाखाका अध्यक्ष श्रवण कुमार देवद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ । अध्यक्ष जस्तो पदमा बसेका व्यक्तिद्वारा कानूनले बन्देज गरेको कार्य गरिनु अत्यन्त आपत्तिजनक र अशोभनीय कार्य भएकाे जनाउदै उक्त घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई अविलम्ब कडा कारवाही गर्न माँग गरेकाे छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button