मानवअधिकारसमाचार

समाचार लेखेकै विषयमा प्रेस स्वतन्त्रता सेनानी पत्रकारमाथि कुटपिट

पब्लिक प्रेस ।

नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य, प्रेस स्वतन्त्रता सेनानी तथा गोरखापत्र संस्थान दैनिकका सप्तरी संवाददाता देवराम यादवमाथि कुटपिट भएको छ।
महादेवा गाउँपालिका–१ सोनरा निवासी ५७ वर्षीय पत्रकार यादवमाथि असार ६ गते बिहान महादेवा गाउँपालिकाका उपाध्यक्ष अर्चना यादवका पति ४० वर्षीय सुरेन्द्र यादवको नेतृत्वमा कुटपिट भएको पीडित पत्रकारले बताएका छन्।
पीडितका अनुसार घटनामा वर्ष ४७ का दिपेन्द्र यादव, २८ वर्षीय रविन्द्र यादव र २५ वर्षीय बिराज यादव समेत संलग्न रहेका थिए।
महादेवा गाउँपालिका–१ सोनरा गाउँस्थित सोनरा रा.प्रा. विद्यालय अगाडिको सार्वजनिक डगर बाटोमा माटो खनेर बाटो निर्माण गरिएको तथा सोनरा मुसहरी टोलमा व्यक्तिको जग्गामा माटो हालेर गरिएको निर्माण कार्यलाई ‘असारे विकास’ भन्दै पत्रकार यादवले असार १ गते सामाजिक सञ्जालमा लेखेका थिए। सोही विषयलाई लिएर रिसइबी साँध्दै आफूलाई कुटपिट गरिएको यादवको भनाइ छ।
कुटपिटबाट घाइते भएका पत्रकार यादवको सप्तरीस्थित छिन्नमस्ता अस्पताल मा उपचार भइरहेको छ। घटनाको अनुगमन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीका प्रतिनिधि नविनले गरेका छन्।
पत्रकार यादवलाई बचाउने क्रममा महादेवा गाउँपालिका निवासी ३५ वर्षीया बिना देवी समेत घाइते भएकी छिन्। दुवै जनाको टाउको, खुट्टाकाे पाखुरा , हाथकाे पखुरा र आँखामा हेलमेट प्रहारबाट चोट लागेको दिएको छ ।
घटनापछि पीडित पक्षले दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button