पब्लिक प्रेस ।
सप्तरी — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सप्तरी क्षेत्र नं. २ का उम्मेदवार मोहम्मद जियाउल रहमानले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्। उनले निर्वाचन आयोगसमक्ष बुझाएको विवरण अनुसार निर्वाचन अभियानमा कुल ७ लाख ३५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
खर्च विवरणमा मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ, गाडी भाडा २ लाख ७० हजार रुपैयाँ, इन्धन १४ हजार रुपैयाँ खर्च गरिएको जनाइएको छ। त्यसैगरी प्रचार–प्रसार सामग्री (ब्यानर, झण्डा) मा १ लाख ३६ हजार ४ सय रुपैयाँ, प्रेस सामग्री (पर्चा, घोषणा पत्र, नमुना मतपत्र) मा १ लाख ३० हजार १ सय रुपैयाँ खर्च भएको उल्लेख छ।
यसैगरी प्रचार–प्रसारका साधन (सिटी रिक्सा) का लागि ३७ हजार ५ सय रुपैयाँ, खाजा सेट (नास्ता पानी) मा ३० हजार रुपैयाँ तथा विविध शीर्षक अन्तर्गत स्वयंसेवक परिचालनमा २६ हजार ९ सय रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख गरिएको छ।
उक्त खर्च विवरण प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ तथा निर्वाचन आयोगले तोकेको निर्वाचन आचारसंहिताअनुसार पेश गरिएको जनाइएको छ।
उम्मेदवार रहमानले २०८२ चैत १ गते उक्त विवरणमा हस्ताक्षर गरी निर्वाचन आयोगसमक्ष बुझाएका हुन्।
समाचार: