प्रतिनिधिसभा निर्वाचन

लाैनियामा कम्युनिष्टको शक्ति विस्फोट, विचलनकारीविरुद्ध मोर्चा

पब्लिक प्रेस|

सप्तरीको लाैनियामा नेपाल कम्युनिष्ट पार्टीका वर्तमानदेखि पूर्वसम्मका युवा तथा विद्यार्थी कार्यकर्ता सशक्त रूपमा मैदानमा उत्रिएसँगै लाैनिया गाउँकाे चुनाबि रानजितीक संडयन्त्र माहोल तातेको छ । अघिल्लो पटक वडास्तरमा जित दिलाएको स्मरण गराउँदै उनीहरूले यसपटक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टीका आधिकारिक उम्मेदवार सूर्य नरायण यादव भन्ने पुर्व भुमिगत नेता सुभाष यादवलाई तारा छापमा मत दिएर हरहालमा विजयी गराउने उद्घोष गरेका छन्।

कम्युनिष्ट कार्यकर्ताहरूले व्यक्तिगत स्वार्थका लागि अरूको निर्देशनमा राजनीतिक धार परिवर्तन गर्ने प्रवृत्तिमाथि कडा प्रहार गरेका छन्। “सिद्धान्त बेचेर पद र पैसाका लागि भौतारिनेहरू कम्युनिष्ट हुनै सक्दैनन्,” उनीहरूको चेतावनी छ, “कम्युनिष्ट आन्दोलन अनुशासन, वैचारिक निष्ठा र संगठनात्मक निर्णयमा चल्छ, अवसरवादको यहाँ कुनै स्थान छैन।”


लाैनियामा पुराना र नयाँ पुस्ताका कार्यकर्ताको संयुक्त शक्ति प्रदर्शन गर्दै उनीहरूले आधिकारिक उम्मेदवारविरुद्ध चल्ने ‘भ्रम र विचलन’ लाई जनताले परास्त गर्ने दाबी गरेका छन्। घरदैलो अभियानदेखि जनभेटघाटसम्मको कार्यक्रम तीव्र पारिएको जनाउँदै उनीहरूले पार्टीको झण्डामुनि गोलबन्द भएर विजय सुनिश्चित गर्ने अठोट दोहोर्‍याएका छन्।
“आफ्नो स्वार्थका लागि कम्युनिष्टको नाम बेच्नेहरूको मुखुण्डो जनता आफैंले उतार्नेछन्,” स्थानीय कम्युनिष्टहरूको दाबी छ। वैचारिक एकता, संगठनात्मक अनुशासन र जनआधारको बलमा लाैनियाबाट सुरु भएको यो लहरले क्षेत्र नम्बर २ मा स्पष्ट सन्देश दिएको उनीहरूको भनाइ छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button