प्रतिनिधिसभा निर्वाचनसमाचार

सप्तरीमा प्रतिनिधि सभा निर्वाचन : चारै क्षेत्रमा १०५ उम्मेदवार मैदानमा

सप्तरी,
नविन निर्भय यादव ।

फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सप्तरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ। निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार जिल्लाभरबाट कुल १०५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। तीमध्ये ८५ जना पुरुष र २० जना महिला उम्मेदवार रहेका छन्।
निर्वाचन आयोगले सप्तरीका चारवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी दर्ताको प्रक्रिया पूरा गरेको हो।
निर्वाचन क्षेत्र नं. १
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ बाट २२ जना उम्मेदवार दर्ता भएका छन्। यस क्षेत्रमा १७ जना पुरुष र ५ जना महिला उम्मेदवार छन्।
यस क्षेत्रमा नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, एमाले, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वाभिमान पार्टी, उज्यालो नेपाल पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टीलगायतका दलबाट उम्मेदवारी परेको छ भने ७ जना स्वतन्त्र उम्मेदवार समेत चुनावी मैदानमा छन्।
निर्वाचन क्षेत्र नं. २
निर्वाचन क्षेत्र नं. २ मा सबैभन्दा धेरै ३४ जना उम्मेदवार रहेका छन्। यस क्षेत्रमा २८ जना पुरुष र ६ जना महिला उम्मेदवार छन्।
नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, जनमत पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, स्वाभिमान पार्टी, राष्ट्र निर्माण दल नेपाललगायतका दलसँगै १४ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन्।
निर्वाचन क्षेत्र नं. ३
निर्वाचन क्षेत्र नं. ३ मा २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा १८ जना पुरुष र ४ जना महिला उम्मेदवार रहेका छन्।
यस क्षेत्रमा नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, एमाले, जनमत पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, बहुजन एकता पार्टी नेपाल, आम जनता पार्टी तथा ८ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।
निर्वाचन क्षेत्र नं. ४
निर्वाचन क्षेत्र नं. ४ बाट २७ जना उम्मेदवार दर्ता भएका छन्। यस क्षेत्रमा २२ जना पुरुष र ५ जना महिला उम्मेदवार छन्।
नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, एमाले, जनमत पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, नेपाल मजदुर किसान पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टीलगायतका दलका उम्मेदवारसँगै १३ जना स्वतन्त्र उम्मेदवार मैदानमा छन्।

सप्तरी जिल्लाका चारवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र मिलाएर
कुल उम्मेदवार: १०५ जना
पुरुष उम्मेदवार: ८५ जना
महिला उम्मेदवार: २० जना
राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवारको उल्लेख्य सहभागिताले यसपटकको प्रतिनिधि सभा निर्वाचनलाई सप्तरीमा निकै प्रतिस्पर्धात्मक बनाएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button