पब्लिक प्रेस
राजविराज, — सप्तरीबाट प्रतिनिधि सभा सदस्यक्षेत्र नम्बर १ पदका स्वतन्त्र उम्मेदवार जगदेव सदाले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका छन्। उनले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले तोकेको आचारसंहिताअनुसार सम्पूर्ण खर्च विवरण पेश गरेको जानकारी दिएका हुन्।

निर्वाचन आयोग, काठमाडौं तथा प्रदेश/जिल्ला निर्वाचन कार्यालय सप्तरीमा पेश गरिएको विवरणअनुसार सडाले निर्वाचन अभियानसँग सम्बन्धित विभिन्न शीर्षकमा खर्च गरेको उल्लेख गरेका छन्। उपलब्ध विवरणमा मनोनयन दर्ता शुल्क शीर्षकमा १० हजार रुपैयाँ खर्च भएको जनाइएको छ।
उक्त विवरणमा दर्ता नम्बर, मिति तथा उम्मेदवारको सहीछापसमेत समावेश गरिएको छ। स्वतन्त्र उम्मेदवार सदाले कानुनी प्रावधानअनुसार खर्च विवरण पेश गरेको दाबी गरेका छन् |










