प्रतिनिधिसभा निर्वाचन

सप्तरी–१ की उम्मेदवार उमदा देवी सदाद्वारा निर्वाचन खर्च विवरण पेश

पब्लिक प्रेस
राजविराज,— सप्तरी प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ की उम्मेदवार उमदा देवी सदाले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गर्दै निर्वाचन आयोगमा पेश गरेकी छन्।
निर्वाचन आयोग, काठमाडौं तथा जिल्ला निर्वाचन कार्यालय सप्तरीमा बुझाइएको विवरणमा उनले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिताअनुसार खर्च विवरण पेश गरेको उल्लेख गरेकी छन्।

उक्त विवरणअनुसार उम्मेदवार सदाले निर्वाचन अभियानका क्रममा भएको खर्च समेटिएको जनाएको छ। उपलब्ध विवरणमा कुल खर्च ५ हजार रुपैयाँ उल्लेख गरिएको छ।
उम्मेदवार सदाले सहीछापसहित मिति २०८२ चैत १७ गते विवरण पेश गरेकी हुन्।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button