पब्लिक प्रेस ।
सप्तरी क्षेत्र नम्बर २ का ७१ वर्षीय रामनारायण यादवले आफ्नो जीवनको अन्तिम चरणमा पुग्दा पनि वर्गसंघर्षको झण्डा नझुक्ने स्पष्ट चेतावनी दिएका छन्। स्वास्थ्यले साथ नदिए पनि उनको राजनीतिक अडान उस्तै कठोर छ।
“जुन समय आन्दोलन जंगलमा थियो, त्यही समयदेखि कम्युनिस्ट हुँ, आज पनि छु र अन्तिम साससम्म रहनेछु,” उनको घोषणाले क्षेत्रको राजनीति तताएको छ।
उनले कम्युनिस्टको नाम बेचेर अवसर खोज्ने र विचारबाट भाग्नेहरूलाई लक्षित गर्दै कडा प्रहार गरे—
“विचार छाड्ने मान्छे कम्युनिस्ट होइन, वर्गद्रोही हो। क्रान्तिबाट भाग्नेहरू इतिहासको कूण्डामा फालिन्छन्।”
उनको भनाइमा जबसम्म मजदुर, दलित, उत्पीडित र गरिब जनताको अस्तित्व रहन्छ, तबसम्म कम्युनिस्ट आन्दोलनलाई कसैले समाप्त गर्न सक्दैन।
“कम्युनिस्टको हार भनेको शोषित वर्गको हार हो,” उनले जोड दिए।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई वर्गीय मोर्चाको निर्णायक लडाइँको रूपमा चित्रित गर्दै उनले सप्तरी क्षेत्र नं. २ का सम्पूर्ण कम्युनिस्ट शक्तिलाई एकताबद्ध हुन आह्वान गरे।
“तारा छापमा सुर्यनाथ यादवलाई जिताउनु भनेको शोषणविरुद्धको झण्डा उचाल्नु हो,” उनले घोषणा गरे।
0 1 minute read








