पब्लिक प्रेस ।
राजविराज नगरपालिका–८ मदननगरस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा शनिबार राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सप्तरीको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सप्तरीका कार्यवाहक अध्यक्ष विकासकुमार इसरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सात जातका बिरुवा रोपिएको थियो।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सप्तरीका जिल्ला सचिव उज्ज्वल अधिकारी, जिल्ला कोषाध्यक्ष रञ्जन रजक, पालिका अध्यक्ष दीपेन्द्र माझी, सचिन्द्र यादव, रञ्जित यादव पिन सदस्यलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज ताराकान्त चौधरी, नेकपा (एमाले) सप्तरी जिल्ला सचिव देवनाथ यादव तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज विकास यादवलगायत आमन्त्रित अतिथिहरूको सहभागिता रहेको थियो।
वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले पार्टी कार्यालय परिसरमा विभिन्न सात जातका बिरुवा रोपिएको आयोजकले जनाएको छ।










