नविन यादव ‘निर्भय’
पब्लिक प्रेस ।
सप्तरी — राजविराज नगरपालिका–११, झलहीमा सोमबार दिउँसो भएको आगलागी नेपाली सेनाको तत्कालिक हस्तक्षेपपछि नियन्त्रणमा आएको छ। दिपक यादवको घर नजिक रहेको बाँसझ्याङ क्षेत्रमा केटाहरूले जलनशिल औषध सेवन गरी फालेको चुरोटको ठुट्टोबाट आगो भड्किएको स्थानीयवासीले बताएका छन्।

परालको कन्यु र खाली झुपडीमा एकाएक आगो फैलिंदा स्थानीयले राजविराज–५ स्थित नेपाली सेना श्री वरख गणलाई तुरुन्तै जानकारी गराएका थिए। जानकारी प्राप्त लगत्तै उपसेनानी कुलबहादुर महतको कमान्डमा १/१६ नफरी सहितको दमकल टोली घटनास्थलतर्फ खटिएको स्थानियले जनाएको छ। स्थानीयवासीको सहयोगमा करिब आधा घण्टामै आगो नियन्त्रणमा ल्याउन सफल भएको हो।
आगलागीबाट परालको कुनियो र खाली झुपडी जलेर नष्ट हुँदा करिब रु. २५ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनामा मानवीय क्षति नभएको स्थानियले बताएको छ।
स्थानीयका अनुसार आगलागीको समयमा प्रहरी टोली ढिलो पुगेकाले नेपाली सेनाको तत्काल एक्शनले ठूलो क्षति हुनबाट बचाएको हो।











