पब्लिक प्रेस ।
सप्तरी, । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा सशक्त महिला, समृद्ध नेपाल (EWPN) कार्यक्रमअन्तर्गत बुधबार GBV Prevention Network Meeting सम्पन्न भएको छ।
गाउँपालिकाका अध्यक्ष दीननाथ चाैधरीको अध्यक्षतामा आयोजित उक्त बैठकमा गाउँपालिकाकी उपाध्यक्ष कल्पना चौधरी, प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र यादव, विभिन्न शाखाका प्रमुखहरू, वडा अध्यक्षहरू, संयुक्त राष्ट्रसंघीय निकाय (UN Agencies) का साझेदार संस्थाका प्रतिनिधिहरू, OCMC तथा महिला सुरक्षा आवास (Safe House) का प्रमुखहरू लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बैठकमा लैङ्गिक हिंसा निवारण तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउने, सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई सुदृढ गर्ने तथा महिला सुरक्षा आवासको दिगो सञ्चालन र व्यवस्थापन सुनिश्चित गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
सहभागीहरूले हिंसामा परेका तथा जोखिममा रहेका महिला तथा बालबालिकालाई गुणस्तरीय सेवा उपलब्ध गराउन स्थानीय तह, सेवा प्रदायक संस्था तथा विकास साझेदारबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
त्यसैगरी, महिला सुरक्षा आवासको दीर्घकालीन सञ्चालनका लागि स्थानीय स्रोत तथा बजेट व्यवस्थापन, नीति तथा कार्यक्रममार्फत संस्थागत सहयोग तथा बहुपक्षीय साझेदारीलाई थप प्रभावकारी बनाउने सम्बन्धमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गरिएको थियो।
बैठकले लैङ्गिक हिंसा रोकथाम तथा पीडितमैत्री सेवा प्रवाहलाई अझ सुदृढ बनाउन साझा प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको आयोजकले जनाएको छ।
0 1 minute read










