समाज

चाेरीकाे आतंकले गाउँ वस्ती नै त्रसित

नविन निर्भय यादव
सप्तरी। चाेरीकाे आतंकले तिलाठी काेईलाडी गाँउपालिका यतिखेर त्रसित अवस्थामा छ।

गर्मीको सिजनसङ्गै यो पालिकाकाे वार्ड नम्बर ६ र ७ बभनगमा ,सडेपार टाेलमा एकै रातमा चाेरि भएपछि स्थानीय गाउँबासी त्रसित अवस्थामा रहेकाे स्थानीय बिनाेद यादवले बताए।
बभनगमा टाेल बस्ने रामनारायण यादवकाे घरबाट १ लाख ६० हजारको साथै सुन ८ अना र दस तोलाको पायल ट्यान्का नै ताेडेर लगेको घर धनि राम नारायण यादवले बताए। यसैगरी अर्का घरधनि श्याम नरायण यादवकाे घरबाट पनि २५ ताेला चादी , र चारअनाको मंगल सुत्र चोरी गरेको छ भने वाड नम्बर ७ बस्ने रंजित कुमार राना मंडलकाे घरबाट दराज र ट्यान्का नै लगेर करिब २० मिटर पश्चिम खेतमा पुर्याई सुनकाे रिङ्ग ४,४ अनाकाे दुई वाेटा, सुनकाे चकति ८ अना ,चांदी ५ ताेला र नगद ५० हजार चाेरि भएको पिडित परिवारजनले बताएका छन्।
स्थानीय गाउलेहरुको अनुसार गाउँमा यतिबेला ड्रगिस्टहरुकाे विगविगिले ऊनीहरूको जीवन धान्नको लागि चाेरी डकैती भैइरहेको बताए।

चोरी नियन्त्रणलाई रोक्न स्थानीय सरकार र सुरक्षा निकायकाे ध्यान केन्द्रीत नभएकोले यस्ताै घटना भएको घटिरहेकाे बताए।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button