पब्लिक प्रेस सम्वाददाता
राजविराज ।
पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुसाहामा मोटरसाईकल दुर्घटना परी एक जनाको मृत्यु भएको छ ।
बिहीबार राती १ बजेको समयमा दुर्घटनामा नाम वतन नखुलेको अन्दाजी बर्ष ४० को एक पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।
पूर्व–पश्चिम लोकमार्ग सडकको छाउमा रोकेर राखेको प्र २–०१–००१ क ००४५ नम्बरको टिपरलाई कदमहाबाट कडरबोना तर्फ आउँदै गरेको बा ६७ प ९५७६ नम्बरको मोटरसाइकलले पछाडिबाट आफै ठक्कर दिदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा गम्भीर घाइते मोटरसाईकल चालककालाई तत्काल प्रहरीले उद्वार गरि लहान स्थित प्रादेशिक अस्पताल पठाएका थिए ।
घाइतेको टाउको तथा शरिरिकको विभिन्न भागमा गम्भीर चोट लागेको उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मृतकको शव प्रादेशिक अस्पताल लहानमा राखिएको तथा घटना बारे थापा अनुसन्धान भईरहेको प्रहरीले बताएका छन् ।
मृतकको पहिचान भई नसकोकोले आफन्तहरुसंग सम्पर्क गर्ने प्रयास भईरहेको जिल्ला प्ररही कार्यालय सप्तरीका प्रवक्ता तथा डिएसपी जितेन्द्र कुमार बस्नेतले बताए ।









