समाचार

डाक्नेश्वरीमा उपनिर्वाचनका लागि निर्वाचन अधिकृतकाे कार्यालय स्थापना

पब्लिक प्रेस संवाददात
राजबिराज कार्तिक ३० गते ।
यहि मंसिर १६ गते हुने उपनिर्वाचनका लागि सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

यस नगरपालिकाको वडा नम्बर १ र ४ मा वडा अध्यक्ष पदका लागि उप निर्वाचन हुने भएकाेले मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना भएको हाे । उपनिर्वाचनका लागि निर्वाचन कार्यालय एक कार्यक्रमबीच मुख्य निर्वाचन अधिकृत दिपक दाहालले शुक्रबार उद्घाटन गरेकाे निर्वाचन कार्यालय सप्तरीले जानकारी गराएका छन् ।

जानकारी अनुसार, डाक्नेश्वरी नगरपालिका कार्यालयको भवनमा यो कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापना गर्दै मुख्य निर्वाचन अधिकृत दाहालले उपनिर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन सबैसँग अनुरोध गरे । उनले निष्पक्ष तरिकाले निर्वाचन हुने बताउँदै निर्वाचन आचारसंहिता पालना गर्न दाहालले सबै पक्षलाई अनुराेध गरे ।

,

प्रमुख जिल्ला अधिकारी दाहालले आम नागरिकलाई निर्धक्क रूपमा मतदान गर्ने वातावरण तयार गर्न शान्ति सुरक्षामा कुनै पनि कमी नहुने विश्वास दिलाए । उनले निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउने प्रतिबद्धता जनाउँदै सुरक्षाकर्मीलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको जानकारी गराए ।

उनले मतदान केन्द्रहरूको निरीक्षणका क्रममा सुरक्षाका सबै उपायहरू लागू गरिने र कुनै पनि त्रुटी हुन नदिने बताउँदै निर्धक्क रूपमा आफ्ना मताधिकार प्रयोग गर्न सक्ने सुनिश्चितता स्थानीय प्रशासनले गरेको जानकारी गराए ।

निर्वाचनको सफल सञ्चालनका लागि सबै पक्षको सहकार्य र निगरानी आवश्यक रहेको भन्दै प्रमुख जिल्ला अधिकारीले शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्न पूर्ण प्रतिबद्ध रहेको बताए ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालको नेतृत्वमा जिल्ला प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणी पौडेल, राष्ट्रिय अनुसन्धान प्रमुख सुरेन्द्र कोइरालासहितकाले जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधिहरूले मतदान केन्द्रहरूको निरीक्षण र अनुगमन गरेका छन् ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button