समाचार

लोकतन्त्र फर्काइनेछ, एमाले निर्णायक शक्ति बन्नेछ : शंकर पोखरेल

 पब्लिक प्रेस ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको राष्ट्रिय शक्ति कमजोर पार्न विदेशी भूराजनीतिक खेल सक्रिय रहेको दाबी गरेका छन्। उनले मुलुकलाई डिप स्टेट (छायाँ सत्ता) को प्रयोगशाला बनाइएको उल्लेख गर्दै अहिलेको सन्दर्भमा लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई जोगाउन निर्णायक शक्ति निर्माण आवश्यक रहेको बताएका छन्।

“हाम्रो देश भूराजनीतिक द्वन्द्वको चपेटामा पर्यो,” पोखरेलले भने, “राष्ट्रिय शक्तिलाई कमजोर बनाउने उनीहरूको खेलबाट हामीले आफुलाई जोगाउन सकेनौं। वैध सत्तालाई कमजोर बनाउने प्रयासस्वरूप नेपाललाई डिप स्टेटको प्रयोगशाला बनाइएको हो।”

उनले विगतमा नवयुवाहरूको भावना र चाहनालाई लोकतान्त्रिक धारमा जोड्न नसकेको स्वीकार गर्दै भने, “हामीले सबै समस्याको समाधान लोकतान्त्रिक बाटोबाट खोज्न सकिन्छ भन्ने कुरामा नवयुवाहरूको विश्वास जित्न सकेनौं।”

तर उनले यसलाई नेपालको लोकतन्त्र, बहुलवाद, समावेशीता, स्वाधीनता र स्वाभिमानबाट पछि धकेल्ने प्रयास भने सफल नहुने दाबी गरे। पोखरेलले ढिलोचाँडो मुलुक फेरि जनसार्वभौम लोकतान्त्रिक पथमा फर्किने दाबी गर्दै एमाले त्यस दिशामा प्रतिवद्ध रहेको बताए।

“नेकपा (एमाले) निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्दै नेपाली विशेषतामा आधारित समाजवादको दिशामा अघि बढ्न प्रतिवद्ध छ,” महासचिव पोखरेलले भने।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button