पब्लिक प्रेस संवाददात
राजबिराज कार्तिक ३० गते ।
यहि मंसिर १६ गते हुने उपनिर्वाचनका लागि सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
यस नगरपालिकाको वडा नम्बर १ र ४ मा वडा अध्यक्ष पदका लागि उप निर्वाचन हुने भएकाेले मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना भएको हाे । उपनिर्वाचनका लागि निर्वाचन कार्यालय एक कार्यक्रमबीच मुख्य निर्वाचन अधिकृत दिपक दाहालले शुक्रबार उद्घाटन गरेकाे निर्वाचन कार्यालय सप्तरीले जानकारी गराएका छन् ।
जानकारी अनुसार, डाक्नेश्वरी नगरपालिका कार्यालयको भवनमा यो कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापना गर्दै मुख्य निर्वाचन अधिकृत दाहालले उपनिर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन सबैसँग अनुरोध गरे । उनले निष्पक्ष तरिकाले निर्वाचन हुने बताउँदै निर्वाचन आचारसंहिता पालना गर्न दाहालले सबै पक्षलाई अनुराेध गरे ।










