समाचार

संगठित रुपमा अवैध धन्धा चलाउने गिरोहका कमान्डर पक्राउ

 

पब्लिक प्रेस संवाददाता

पुस २१ गते ।सम्पत्ति आर्जन गर्ने उदेश्यले संगठित रुपमा अवैध गतिविधिमा सक्रिय गिरोहका कमान्डर हनुमानी भनिने राम बहादुर रजक पक्राउ परेका छ्न।ठगीको आरोपमा सप्तरी प्रहरीले आइतबार उनलाई पक्राउ गरेको छ ।

तिलाठी कोईलाडी गाउँपालिका-७ बभनगामा टोल बस्ने आरोपितलाई उनकै गाउँबाट पक्राउ गरिएको सप्तरी प्रहरीले जानकारी दिएको छ।उनको गिरोहले पैसा छापेर दोब्बर दिने,विभिन्न मुद्दामा हिरासत/कारागारमा रहेका आरोपितलाई छुटाइ दिने प्रलोभनमा पारि रकम ठगिएको आरोप लागेको छ।

आपराधिक पृष्ठभुमिदेखी ठुलो व्यक्तिहरुको संरक्षणमा दुई दशकदेखि ठगी धन्दा चलाइरहेको उक्त गिरोहले विभिन्न अवैध कारोबार मार्फत सम्पत्ति आर्जन गरिरहेको स्रोतले बताए ।

ठगीमा परेका पिडितहरूकाे उजुरी र जाहेरी दर्खास्त परेपछि प्रहरीले सप्तरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।आइतबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले उनलाई पक्राउ गरिएको हो।सोमबार पत्रकार सम्मेलन मार्फत विस्तृत जानकारी दिइने प्रहरीले बताएका छ्न।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button