समाचार

वर्तमान युगमा शिक्षाले माेडालिटी खाेजेकाे छ : न्यायाधिश अधिकारी

पब्लिक प्रेस

कञ्चनरुप |

माननीय न्यायाधिश अर्जुन अधिकारीले गुणस्तर शिक्षाको निम्ति हाेडवाजी चलिरहेकाे यस आधुनिक युगमा शिक्षालाई माेडालिटी गरेर लैजानसके क्याम्पसकाे स्तराेन्नति हुने बताउनुभयाे । आइतबार सप्तरीकाे कञ्चनरुप नगरपालिका १२ रुपनगर स्थित नन्दराज संग्राैला क्याम्पसमा पुस्तकालय समउदघाटन कार्यक्रममा उहाँले यस्ताे बताउनु भएकाे हाे ।

ठुला ठुला शहरमा संचालित महाबिधालय एवं काैलेजमा पर्याप्त भाैतिक पूर्वाधारसंगै प्रयाेगात्मक शिक्षा संचालन हुँदै आएको छ उहाँले भन्नुभयाे, त्यसलाई कम्पिडिसन गर्नसके यहापनि बिधार्थीकाे चाप बढेर जानेछन् । पुस्तकालय शिक्षा आर्जनका लागि बिधार्थीले अध्ययन/ अध्यापन गरून् भन्नाका खातिर हाे तर आधुनिक युगमा पुस्तकालयलाई माेडालिटी गरेर लैजानु पर्छ भन्ने मेराे बिचार हाे उहाँले भन्नुभयाे, आधुनिक युगमा ईलेक्ट्राेनिक पुस्तकालय व्यवस्था गर्नसके अझ राम्राे हुनेथियाे ।

समाराेहमा प्रमुख अतिथीकाे आसनबाट माननीय न्यायाधिश अधिकारीले पुस्तकालय अभिलेख राख्ने माध्यमकाे रुपमा लिनसकिने बताउनुभयाे । यिनै माध्यमबाट ताजा गर्ने र नयाँ मेकानिजम तयार गर्न मद्दत पुग्ने छ ।
यस्तै प्राेफेसर प्रदिप पाैडेलले शिक्षा प्रमाण-पत्रका लागि नभई मन मस्तिष्कमा विश्व अभिलेख तयार पार्न सक्ने क्षमता बिकासका लागि हाे भन्दै प्रष्ट पार्नु भयाे । आफु हाल भक्तपुरमा बस्ने भएपनि जन्म यसै ठाउँमा भई सर्वाेदय माबिमा एसएलसीसम्म अध्ययन गर्नुभएका पाैडेलले भन्नुभयाे, यस क्याम्पसमा उदघाटन भएका रुपनगर सर्वाेदय पुस्तकालय संचालन गर्न मेराे अथक प्रयास छ । भक्तपुरमै बसेरपनि मैले आफू जन्मेको ठाउँमा केही गराै भन्ने साेचमा परेकाेले यस क्याम्पसमा अरु थप केही गर्ने छु उहाँले वचन दिनुभयाे ।

नगर प्रमुख ललन प्रसाद गुप्ताले बिकासका लागि पक्ष बिपक्ष नभनी निस्वार्थ रुपमा लागिपरेकाे बताउनु भयाे । बिकास कार्यमा राजनीतिक उतार चढाव मबाट हुदैन यदि कसैले गर्छ भने म छाड्दिन गुप्ताले भन्नुभयाे मैले बिशेश्वर प्रसाद काेइराला, मदन भण्डारीकाे स्मारक निर्माणका लागि याेजना बनाइसकेकाे छु । याे राजनीतिक संदर्भ बाहेक पालिकामा ३३ वटा सामुदायिक र ३३ वटै नीजि बिधालय छन् यीनिहरु सबैलाई समानरुपले हेरेकाे छु नगर प्रमुख गुप्ताले बताउनु भयाे । साथै यश अघि नै क्याम्पसलाई कम्प्युटर जन्य उपकरण सामाग्री दिइसकेकाे जानकारी दिदै गुप्ताले फेरीपनि सहयाेग गर्ने बचनवद्धता गर्नुभयाे ।

निवर्तमान नगरप्रमुख वसन्त कुमार मिश्रले शिक्षा जीवनकाे मुख्य अंग भएकाे औल्याउनु भयो । शिक्षा बिनाकाे जीवनले सफलता हासिल गर्न सक्दैन उहाँले भन्नुभयाे, तसर्थपनि हामीले शिक्षाका लागि जुट्नु पर्छ ।

२०७० सालमा स्थापना भएका यस क्याम्पसलाई आफ्नो योगदान रहेको दावी गर्नुभयो । गुणस्तर शिक्षा तथा प्रयोगात्मक र शिपमुलक शिक्षालाई प्राथमिकता सहित अध्ययन गराएर लैजान उहाले सुझाव समेत दिनुभयो । अहिले पुस्तकालयमा ४ हजार पुस्तक राखिएको क्याम्पस प्रमुख दिपक कुमार गजुरेलले जानकारी गराउनु भयो । उहाको अनुसार पुस्तकालयमा ८ हजार पुस्तक राखिने छ । हाल अमेरिकाकाे टेक्सास बस्ने बिजयराज भट्टराईले याे पुस्तकालयलाई सहयाेग गरेकाे गजुरेलले बताउनु भयाे ।

आयोजित समारोहमा उत्कृष्ट छात्र छात्राहरुलाइ चेक हस्तान्तरण गराइएको थियो । समारोहमा क्याम्पस सचालक समितिका अध्यक्ष गिरिराज सग्रौलाको अध्यक्षता रहेको थियो ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button