पब्लिक प्रेस
राजविराज,
नेपाली कम्यूनिष्ट पार्टीको सप्तरी जिल्ला पार्टी एकता समायोजन तथा एक दिने प्रशिक्षण कार्यक्रम राजविराजमा सोमबार यहाँ सम्पन्न भएको छ।
नेपाली कम्यूनिष्ट पार्टीको जिल्ला संयोजक प्रताप नारायण चौधरीको अध्यक्षता तथा पार्टीका मधेस –प्रदेश इन्चार्ज महेन्द्र राय यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथी यादवले किसानहरुले मलखादको लागि समस्यामा रहेता पनि वर्तमान सरकारले किसानहरुको समस्या समाधान गर्न मौन रहेको बताए । वर्तमान सरकारको कारण यति बेला जनतामा आक्रोश उत्पनन भएको बताउदै सरकारले मनोमानी गर्दै आएकोमा आक्रोश व्यक्त गरेका थिए । पूर्व मन्त्री समेत रहेका यादवले देशमा समान्तवाद कायम रहेसम्म दलित समुदायको अधिकार सुनिश्चि हुन नसक्ने बताए । नेकपा पार्टी सदैव दलित ,आतिवासी जनजाती ,थारु मुस्लिमको अधिकार प्रति प्रतिवद्ध रहेको बताउदै उनले देशमा मधेशी जनताको केहि अधिकार मात्र प्राप्त भएको बताउदै उनले तर न्याय नपाएको बताए । अव न्याय पाउँन संघर्षको जरुरी रहेको बताए ।
कार्यक्रममा नेकपाको मधेश प्रदेश संयोजक राजु खडकाले पनि मधेशी जनताको पार्टीमा निकै योगदान दिएकोमा प्रशंसा व्यक्त गरेका थिए । उनले अगामी दिनमा पार्टीलाई बलियो बनाउँनु जरुरी रहेको बताए ।यसैगरी आयोजित कार्यक्रममा पार्टीकै मधेश प्रदेशका सह संयोजक छत्र बहादुर श्रेष्ठले नेकपा पार्टी विस्तारको लागि एकता कायम गरेर जिल्लाको गाउँ गाउँ र वडा वडामा पार्टीलाई विस्तार गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । कार्यक्रममा नेकपाको मधेश प्रदेशको सह ईन्चार्ज श्री प्रसाद साह, नेकपा सप्तरीको जिल्ला ईन्चार्ज सूर्यनाथ यादव,पार्टीको केन्द्रिय सदस्य तथा सह ईन्चार्ज उषा पोखरेल,
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा ५ सय ५ जना जिल्ला नेता तथा कार्यकर्ताहरुले पद तथा गोप्यनियताका सपथ ग्रहण गरेका थिए ।नेकपाको एक दिने प्रशिक्षण कार्यक्रम राजविराजमा सम्पन्न
राजविराज,०८ भदौ ।
नेपाली कम्यूनिष्ट पार्टीको सप्तरी जिल्ला पार्टी एकता समायोजन तथा एक दिने प्रशिक्षण कार्यक्रम राजविराजमा सोमबार यहाँ सम्पन्न भएको छ।
नेपाली कम्यूनिष्ट पार्टीको जिल्ला संयोजक प्रताप नारायण चौधरीको अध्यक्षता तथा पार्टीका मधेस –प्रदेश इन्चार्ज महेन्द्र राय यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथी यादवले किसानहरुले मलखादको लागि समस्यामा रहेता पनि वर्तमान सरकारले किसानहरुको समस्या समाधान गर्न मौन रहेको बताए । वर्तमान सरकारको कारण यति बेला जनतामा आक्रोश उत्पनन भएको बताउदै सरकारले मनोमानी गर्दै आएकोमा आक्रोश व्यक्त गरेका थिए । पूर्व मन्त्री समेत रहेका यादवले देशमा समान्तवाद कायम रहेसम्म दलित समुदायको अधिकार सुनिश्चि हुन नसक्ने बताए । नेकपा पार्टी सदैव दलित ,आतिवासी जनजाती ,थारु मुस्लिमको अधिकार प्रति प्रतिवद्ध रहेको बताउदै उनले देशमा मधेशी जनताको केहि अधिकार मात्र प्राप्त भएको बताउदै उनले तर न्याय नपाएको बताए । अव न्याय पाउँन संघर्षको जरुरी रहेको बताए ।
कार्यक्रममा नेकपाको मधेश प्रदेश संयोजक राजु खडकाले पनि मधेशी जनताको पार्टीमा निकै योगदान दिएकोमा प्रशंसा व्यक्त गरेका थिए । उनले अगामी दिनमा पार्टीलाई बलियो बनाउँनु जरुरी रहेको बताए ।यसैगरी आयोजित कार्यक्रममा पार्टीकै मधेश प्रदेशका सह संयोजक छत्र बहादुर श्रेष्ठले नेकपा पार्टी विस्तारको लागि एकता कायम गरेर जिल्लाको गाउँ गाउँ र वडा वडामा पार्टीलाई विस्तार गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । कार्यक्रममा नेकपाको मधेश प्रदेशको सह ईन्चार्ज श्री प्रसाद साह, नेकपा सप्तरीको जिल्ला ईन्चार्ज सूर्यनाथ यादव,पार्टीको केन्द्रिय सदस्य तथा सह ईन्चार्ज उषा पोखरेल लगायतका नेताहरुले विचार व्यक्त गरेका थिए ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा ५ सय ५ जना जिल्ला नेता तथा कार्यकर्ताहरुले पद तथा गोप्यनियताका सपथ ग्रहण गरेका थिए ।
0 2 minutes read










