प्रतिनिधिसभा निर्वाचन

निर्वाचन खर्च विवरण सार्वजनिक, ताराकाल चौधरीद्वारा आयोगमा पेश

पब्लिक प्रेस ।
राजविराज, चैत — सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार ताराकाल चौधरीले आफ्नो निर्वाचन खर्चको विस्तृत विवरण सार्वजनिक गर्दै निर्वाचन आयोगमा पेश गरेका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिताअनुसार चौधरीले सम्पूर्ण खर्च विवरण पेश गरेको जनाएका छन्। उनले मनोनयन दर्तादेखि चुनावी प्रचार–प्रसार, सवारी साधन, कार्यालय सञ्चालनलगायत विभिन्न शीर्षकमा गरिएको खर्च विवरण बुझाएका हुन्।

पेश गरिएको विवरणअनुसार मनोनयन दर्तामा १० हजार रुपैयाँ, गाडी भाडामा ३ लाख ६० हजार रुपैयाँ र इन्धनतर्फ करिब २ लाख ४८ हजार ३६१ रुपैयाँ ५७ पैसा खर्च भएको उल्लेख छ। त्यसैगरी ४१ वटा वडामा कार्यालय सञ्चालनका लागि करिब १० लाख २५ हजार रुपैयाँ र मतदाता परिचालनमा ४ लाख १० हजार रुपैयाँ खर्च गरिएको जनाइएको छ। नमुना मतपत्र छपाइमा २० हजार रुपैयाँ, फ्लेक्स तथा ब्यानरमा १ लाख १५ हजार ५०० रुपैयाँ तथा अन्य प्रचार सामग्रीमा समेत उल्लेख्य रकम खर्च भएको विवरणमा समावेश छ। कार्यकर्ता भेला तथा कार्यक्रम सञ्चालनमा करिब १ लाख ६७ हजार रुपैयाँ र खाना–नास्तामा पनि खर्च गरिएको उल्लेख गरिएको छ। उक्त खर्च विवरण उम्मेदवार चौधरीका तर्फबाट प्रतिनिधि तथा नेकपा (एमाले) सम्बद्ध व्यक्तिमार्फत २०८२ चैत १५ गते आयोगमा दर्ता गरिएको हो। निर्वाचन खर्चको पारदर्शिता कायम गर्न आयोगले उम्मेदवारलाई तोकिएको समयभित्र खर्च विवरण पेश गर्न अनिवार्य गरेको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button