पब्लिक प्रेस ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुर्यनाथप्रसाद यादव(सुभाष)ले चुनावी भेटघाटलाई तीब्रता दिनु भएका छन् । नेपाली कम्युनिष्ट पार्टीबाट दिनु भएका उम्मेदवारीले यादव पार्टीका नेता,कार्यकर्ता , शुभेच्छुक,समर्थक,मतदाता, समक्ष भेटघाटलाई तीब्रता दिनु भएका हुन्।
मुलुकमा सर्वहारा वर्गको मुक्ति,शिक्षा,स्वास्थ्य,रोजगारी,सुशासन,समृद्धि,भ्रष्टाचार अन्त्य, लगायतका उम्मेदवारी दिएको यादव मतदाताको घर–घरमा सक्रियता देखिएका छन् । माओवादी १० वर्षे महान जनयुद्वमा सर्वहाराको मुद्दा लिएर देशको आमुल परिर्वतन,सर्वहाराको मुक्ति,मुलुकमा शिक्षा,स्वास्थ्य,रोजगारी,सुशासन,समृद्धि,भ्रष्टाचार अन्त्य, लगायतका महान मुदालाई संस्थागत रुपमा स्थापित गर्न आफनो उम्मेदवारी दिएको बताउनु भयो ।
देश बदल्न कुशल सेवकले मात्र सक्ने भन्नुहुदै उहाँले नेपाली कम्युनिष्ट पार्टीले मात्र मुलुकको सही मुक्ति पाउने देखेर चुनावमा तारा चिन्ह लिएर होमिएको बताउनु भयो ।
उहाँले महादेवा गाउँपालिका १ सोनरा,चिम्टी,अगाडी,बल्थी गाउँका श्रमजिवी,सर्वहारा,आम जनता अगुवाहरुलाई स्वयम भेटेर चुनावमा सहयोगको लागि आग्रह समेत गर्नु भयो । सो अवसरमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य लक्ष्मी चौधरी,पार्टीका प्रकाशन तथा प्रचार विभागका सदस्य देवराम यादव, महादेवा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार दिपेन्द्र माझी, पार्टीका नेता विनौदकुमार यादव,बासुदेव यादव, गापा ३ न.ं वडाध्यक्ष रामकुमार यादव,मुसलिम संधका जिल्ला संयोजक मो.डोमन,मकसुदन यादव,जय प्रकाश यादव,राम ना .सरदार, लगायतको उपस्थिती रहेको थियो ।









