समाचारसमाज

तोपा बालविवाहमुक्त घोषणा

पब्लिक प्रेस ।
सप्तरी — तिलाठी कोईलाडी गाउँपालिक वडा नं. ८ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ। “नै करु वियाहके बात, वियाह करु बीस वर्षके बाद” भन्ने नारासहित आइतबार आयोजना गरिएको घोषणा सभामा वडालाई औपचारिक रूपमा बालविवाहमुक्त घोषणा गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अरुण मण्डल रहेका थिए भने विशिष्ट अतिथिमा उपाध्यक्ष फूलकमारी देवी थिइन्। अतिथिका रूपमा विद्यालय प्रमुख तथा स्वास्थ्य कार्यालय प्रमुखको सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष सत्यनारायण यादवले गरेका थिए भने कार्यक्रम सञ्चालन शैलेन्द्र प्रसाद सिंहले गरेका थिए। स्वागत मन्तव्य वडा सचिव सन्तलाल मण्डलले राखेका थिए।

मन्तव्यका क्रममा वडा अध्यक्ष यादवले वडा कार्यालयबाट विवाह दर्ता २० वर्ष पूरा भएका व्यक्तिको मात्र गरिने व्यवस्था कडाइका साथ लागू गरिने बताए। साथै बालविवाह रोकथामका लागि विभिन्न टोल–टोलमा जनचेतनामूलक सन्देश प्रवाह गर्ने र नियमित निगरानीलाई थप प्रभावकारी बनाइनेमा जोड दिए।

घोषणा सभामा गाउँका भद्रभलाद्मी, समाजसेवी, युवा तथा सर्वसाधारण गरी १०० जनाभन्दा बढीको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रम सेब सप्तरीको आयोजनामा सम्पन्न भएको हो।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button