समाचार

सप्तरीको छुट्टाछुट्टै ठाउँबाट ठुलो मात्रा लागु औषध गाँजा बरामद

पब्लिक प्रेस सम्वाददाता
राजबिराज ।

सप्तरी प्रहरीले छुट्टाछुट्टै ठाउँबाट ठूलो मात्रामे लागु औषध गाँजाको बरामद गरेको छ ।

प्रहरीले जिल्लाका छुट्टाछुट्टै ठाउँबाट एक सय ३४ किलो ७६ ग्रामे मात्रामे लागू औषध गाँजा बरामद गरेको हो ।

कंचनरुप नगरपालिका वडा नम्बर २ बरमझियाबाट मङ्गलदिन इलाका प्रहरी कार्यालय कंचनपुरबाट प्रहरी निरिक्षक लेख बहादुर विष्टको नेतृत्वमे खटिएको गस्ती टोलीले गोवास टोलबाट भारदहतर्फ जाँदै गरेको स.१ ह. १७१६ नम्बरको अटोमाथि शंकास्पद बस्तुलाई चेकजाँच गर्दा ७९ किलो ७६ ग्राम गाँजा फेला परेको थियो । प्रहरीले अटोलाई चेकजाँच गर्दा अटो चालक भने फरार भएको प्रहरीले बताए ।

त्यस्तै, तरहुत गाउँपालिका वाड नम्बर २ बडहराबाट बुधबार दिउँसो फत्तेपुरबाट डिमनतर्फ जाँदै गरेको प्र.१-०२-००३ ह २९३४ नम्बरको अटो चेकजाँच गर्दा ५५ केजी गाँजा सहित उदयपुर जिल्ला बेलका नगरपालिका-३ निवासी ४१ वर्षीय जयराम दाहाललाई पक्राउ गरिएको छ ।

प्रहरीले दुबै घटनामे अटो र गाँजा नियन्त्रणमे लिई अनुसन्धान अघि बढाएको छ । घटनामे संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी माधव प्रसाद काफ्लेले जनाएको छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button