एमाले

संगठन विस्तार र युवा परिचालनका लागि सधैं साथ रहने अध्यक्ष गोठियाको प्रतिबद्धता

पब्लिक प्रेस ।
राजविराज, सप्तरी —
राष्ट्रिय युवा संघ नेपाल, जिल्ला समिति सप्तरीद्वारा विहीबार नेकपा (एमाले) जिल्ला पार्टी कार्यालय, मदननगरमा एक भव्य बधाई तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ। संघका जिल्ला अध्यक्ष अशोक कुमार गोठियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हालै सम्पन्न संघको केन्द्रीय समिति दोस्रो पूर्ण बैठकबाट विभिन्न जिम्मेवारी प्राप्त गरेका केन्द्रीय  कमिटी सदस्यहरूलाई औपचारिक रूपमा सम्मान गरिएको हो।

कार्यक्रममा अध्यक्ष गोठियाले संगठन विस्तारमा युवा नेताहरूको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै, आफू सधैं सहयोगका लागि तयार रहने प्रतिबद्धता जनाए।

कार्यक्रममा सहभागी वक्ताहरूले संगठनको हालको राजनीतिक भूमिका र योगदानको प्रशंसा गर्दै, युवा शक्तिलाई राष्ट्र निर्माणमा केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याए। उनीहरूले युवाहरूको ऊर्जा, लगनशीलता र समर्पणलाई पार्टी तथा जनताको सेवामा अर्पण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा जिल्लास्तरीय नेतृत्व, स्थानीय तहका प्रतिनिधिहरू, पार्टीका अग्रज नेता, युवा कार्यकर्ता तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्मानित सदस्यहरूले संगठनप्रति प्रतिबद्धता जनाउँदै, नेतृत्व क्षमताको विकास, जनसम्पर्क सुदृढीकरण तथा युवालाई राजनीतिक मूल प्रवाहमा समावेश गराउने योजना प्रस्तुत गरे।

जिल्ला समिति सप्तरीले हालैका गतिविधिहरू मार्फत संगठन विस्तारमा गति दिएको पनि उल्लेख गरिएको थियो।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button