समाचार

माओवादी केन्द्रद्वारा पूर्व जनमुक्ति सेना नेपाल (पिएलए) मधेस प्रदेशस्तरीय भेला सम्पन्न

पब्लिक प्रेस ।

सर्लाही,  — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मधेस प्रदेश समितिको आयोजनामा पूर्व जनमुक्ति सेना नेपाल (पिएलए)को मधेस प्रदेशस्तरीय भेला  विहिवार सम्पन्न भएको छ। भेला सर्लाहीको बागमती नगरपालिका नजिकै भरत तालस्थित गार्डेन होटलमा सम्पन्न गरिएको हो।

कार्यक्रमको अध्यक्षता क. जीवन यादवले गरेका थिए भने केन्द्रीय महाधिवेशन आयोजक समिति सचिवालय सदस्य तथा माओवादी केन्द्रका मधेस प्रदेश इन्चार्ज क. मातृकाप्रसाद यादव प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए।

कार्यक्रममा सहभागीहरूले पिएलएको योगदान, शान्ति प्रक्रियापछिको अवस्था र माओवादी आन्दोलनलाई सुदृढ बनाउने वर्तमान राजनीतिक कार्यदिशा विषयमा विस्तृत छलफल गरेका थिए। प्रदेशभरका पूर्व जनमुक्ति सेनाका प्रतिनिधिहरू, माओवादी केन्द्रका नेता–कार्यकर्ता तथा स्थानीय राजनीतिक सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

भेलाले पूर्व जनमुक्ति सेनाको संगठन सुदृढीकरण, राजनीतिक सचेतना अभिवृद्धि र माओवादी आन्दोलनलाई मधेसमा थप सशक्त रूपमा अघि बढाउने निर्णय गरेको जनाइएको छ।

 

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button