समाचार

लालु हत्याकाण्डमा कांग्रेस आक्रोशित, दोषीउपर कारबाही नभए चरणबद्ध आन्दोलनको चेतावनी

पब्लिक प्रेस ।

राजविराज,
सप्तरीको राजगढ गाउँपालिका–२ निवासी लालु यादवको हत्या प्रकरणमा संलग्न दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै नेपाली कांग्रेसले आक्रोश व्यक्त गर्दै चरणबद्ध आन्दोलनको चेतावनी दिएको छ।

आईतवार  राजविराजमा सम्पन्न नेपाली कांग्रेस जिल्ला स्तरीय बैठकमा पार्टीका नेताहरूले लालु यादव हत्याको घटनालाई गम्भीरता साथ लिँदै सरकारले हालसम्म कुनै ठोस कदम नचालेको भन्दै असन्तुष्टि जनाएका थिए। उनीहरूले दोषी पहिचान गरी तत्काल कडा कारबाही नगरे आन्दोलनको बाटो रोज्ने घोषणा गरेका हुन्।

कार्यक्रममा प्रतिनिधिसभा सांसद दिनेश कुमार यादव, क्षेत्रीय सभापति भूपेन्द्र यादव, प्रदेशसभा ‘३ ख’ का उम्मेदवार भगवती यादव, राजगढ गाउँपालिकाका पूर्व अध्यक्ष परमानन्द यादव, पार्टी संगठन प्रमुख बद्री महतमान, तरुण दल अध्यक्ष अर्जुन यादव, तरुण दल केन्द्रीय सदस्य रमन यादव,पार्टी सभापति रामदेव साह, उप सभापति रामकुमार यादव,संघर्ष समिति अध्यक्ष तथा कांग्रेस राजगढ गाउँपालिका सभापति दीपेन्द्र प्रसाद यादवलगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

बैठकमा बोल्दै नेताहरूले सरकार र प्रशासनको निष्क्रियता तथा ढिलासुस्ती प्रति गम्भीर असन्तुष्टि जनाएका थिए। उनीहरूको भनाइमा अनुसार, हत्याका दोषी खुलेआम हिँडिरहेको अवस्थामा पनि राज्य संयन्त्र मौन रहनु शंकास्पद भएको छ। कार्यक्रमका वक्ताहरूले भनाइ राख्दै सरकारको निष्क्रियता यदि जारी रह्यो भने, कांग्रेस कुनै हालतमा चुप लागेर नबस्ने चेतावनी दिएका छन्।

सांसद दिनेश कुमार यादवले कार्यक्रममा बोल्दै, “पहिला हत्या प्रकरणमा दोषीमाथि कारबाही होस्, यदि सरकारले वेवास्ता गर्‍यो भने आन्दोलन एक मात्र विकल्प हुनेछ।”

त्यसैगरी, संघर्ष समिति अध्यक्ष दीपेन्द्र यादवले यो हत्या घटनालाई न्यायको मुद्दा भन्दै राजनीतिक दबाबमा कमजोर पार्न खोजिए कुनै हालतमा स्वीकार्य नहुने बताए। उनले भने, “यदि सरकारले गम्भीरता देखाएन भने हामी बाध्यतावश आन्दोलनमा जान्छौं। हामी पीडित परिवारलाई न्याय दिलाएरै छाड्छौं।”

कार्यक्रममा अन्य नेताहरूले पनि हत्या जस्तो गम्भीर विषयमा राज्य संयन्त्र मौन बस्नु गम्भीर चिन्ताको विषय भएको बताएका थिए। उनीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई उचित न्याय दिन सरकारसँग जोडदार माग राखेका थिए।

बैठकको निष्कर्ष अनुसार, यदि छानबिन प्रक्रिया निष्पक्ष भएन वा ढिलाइ गरियो भने कांग्रेसले सशक्त र चरणबद्ध आन्दोलन गर्ने बताइएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button