सप्तरीकाे तिरहुत गाउपालिका वडानम्बर ४ डिमन स्थित एक नीजि बिधालयमा अनुमती भन्दा माथिकाे कक्षा संचालन गर्दै आएका छन् । कक्षा २ काे अनुमती पाएका गोदावरी एजुकेशनल एकेडेमीले अहिले कक्षा ६ सम्म अध्ययन गराउदै आएको स्थानिय समाजसेवी मनाेज कुमार यादवले बताए ।
२०७३ सालमा स्थापना भएकाे यस बिधालयमा कक्षा २ काे अनुमती भएपनि कक्षा ६ सम्मकाे बिधार्थीलाई प्रमाण पत्र दिदै आएको यादवले भने गैर कानुनी ढंगबाट लामाे समयदेखि बिधालय संचालन हुँदै आउदापनी सम्बन्धीत पक्षकाे कुनै चासाे छैन । यहाँबाट गएका बिधार्थीहरूकाे प्रमाण पत्र गैर कानुनी ठहर हुन्छकी हुदैन ? यस्ताे प्रश्न गर्दै उनले भने बिधार्थीकाे भविश्य वरवाद नहाेस् भनेर रिट हालेकाे छु ।
उनकाे रिट निवेदनमा माघ २ गते उच्च अदालत जनकपुर राजबिराज ईजलासले निवेदक मनोज कुमार यादव र विपक्षी तिरहुत गाँउपालिका कार्यालय सप्तरी समेत रहेका छन् । परमादेश रिट निवेदन मिति २०८१ माघ २ गते यस अदालतको संयुक्त इजलास समक्ष पेश भई “यसमा विपक्षीहरु मध्येका गोदावरी एजुकेशनल एकेडेमी तिरहुत ४ ले कक्षा २ सम्म मात्र पठनपाठान गर्नलाई अनुमती पाएकोले बिधालयले अनुमती पाएको भन्दा माथिको कक्षा सन्चालन नगर्नु, नगराउनु भनी विपक्षीहरुको नाममा निषेधाज्ञाको आदेश भएकाे छ ।
उपरोक्त अनुसारको निषेधाज्ञाको आदेश जारी हुने ठहरेको परिप्रेक्ष्यमा निवेदन माँग बमोजिम परमादेश सम्बन्धमा थप केही बोलिरहन परेन भनी यस अदालतबाट आदेश भएको हुदा सो आदेशको बेहोरा जानकारीका निमित्त अनुरोध छ भनी खुलाई पठाएकाे छ ।
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।