समाचार

सुनको मूल्य दुई लाख करिब, चाँदीको मूल्य दैनिक रेकर्ड ब्रेक

पब्लिक प्रेस सम्वाददाता
राजविराज ।

नेपाली बजारमा सुनको मूल्य दुई लाखको करिब पुगेको छ । बुधबार सुनको मूल्य प्रतितोला दुई हजार १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला छ दिनदेखि सुनको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ ।

यस दिन चाँदीको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम गर्दै बढेको छ । यस दिन चाँदी तोलामा ३० रुपैयाँले बढेर ऐतिहासिक उचाई कायम गरेको हो । आज बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३५० रुपैयाँमा कारोबार भईरहेको छ ।

मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३२० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यले निरन्तर एक पछि अर्कोदिन रेकर्डलाई ब्रेक गरेर नयाँ उचाई कायम गर्दै बढेको हो ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button