समाचार

मबिव क्याम्पसकाे स्वबियु निर्वाचनमे रंजितले बाजीमारे

पब्लिक प्रेस संवाददाता
राजबिराज चैत्र ०६ गते ।

महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजकाे स्ववियु अध्यक्षमे रंजित कुमार यादव निर्वाचित भएका छन् । चैत्र ५ गते भएकाे स्वबियु निर्वाचनकाे मतगणनाकाे नतिजानुसार यादवले ३ सय ९३ मत प्राप्त गरी निकटतम प्रतिद्वन्दी बिनय कुमार यादवलाइ उछिनेर बिजय हासिल गरेकाे निर्वाचन समितिले जनाएकाे छ । उनी समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीका संयुक्त उम्मेदवार थिए ।

उनका प्रतिद्वन्दी स्वतन्त्रका उम्मेदवार बिनय कुमार यादवले ३ सय ३२ मत प्राप्त गरेका छन् भने अनेरास्वबियुका उम्मेदवार मनिषा कुमारी साहले ३ सय ३१ मत प्राप्त गरेकी छन् । कुल २ हजार ७३१ मतदाता रहेको क्याम्पसमे १ हजार २ सय ७२ मत खसेकाे समितिले जनाएकाे छ ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button