पब्लिक प्रेस ।
राजविराज — सप्तरी जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार सुमन राज प्याकुरेलले आफ्नो निर्वाचन खर्चको विस्तृत विवरण सार्वजनिक गरेका छन्। उनले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत आचारसंहिताअनुसार खर्च विवरण पेश गरेको जानकारी दिएका हुन्।

प्याकुरेलद्वारा सार्वजनिक गरिएको विवरणअनुसार निर्वाचन अभियानका क्रममा विभिन्न शीर्षकमा खर्च गरिएको छ। जसमा मञ्च तथा टेन्ट व्यवस्थापनमा रु. ९० हजार, गाडी भाडामा रु. ४ लाख २० हजार, इन्धन (डिजेल/पेट्रोल) मा रु. ३ लाख ४५ हजार २३७, कार्यालय सञ्चालनमा रु. ४ लाख २० हजार, मसलन्द तथा प्रचार सामग्रीमा रु. ४ लाख ६३ हजार ७९६ र फलफूल, चिया, खाना लगायत अन्य व्यवस्थापनमा रु. २ लाख ६० हजार ८०० खर्च भएको उल्लेख गरिएको छ।
उक्त सबै खर्च जोड्दा कुल रु. २० लाख पुगेको विवरणमा जनाइएको छ। उम्मेदवार प्याकुरेलले कानुनले तोकेको सीमाभित्र रही पारदर्शी ढंगले खर्च गरिएको दाबी गरेका छन्।









