पब्लिक प्रेस ।
सप्तरी जिल्लाको रूपनी गाउँपालिका वडा नम्बर १ अन्तर्गत रूपनी बजारमा मंगलबार घरेलु तथा साना उद्योग कार्यालय, राजविराजको आयोजनामा बजार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमले स्थानीय साना तथा घरेलु व्यवसायहरूलाई सरकारी सेवा, कर व्यवस्थापन तथा दर्ता प्रक्रियाबारे जानकारी प्रदान गर्दै व्यवसाय सञ्चालनमा देखिने समस्या समाधान गर्ने उद्देश्य राखेको थियो।
कार्यक्रमको उद्घाटन रूपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले ब्यानर वाचनमार्फत गरे। उनले उपस्थित व्यवसायीहरूलाई बिलको अनिवार्यता र कर सम्बन्धी कानुनी प्रक्रिया पालन गर्न आग्रह गरे। अध्यक्ष यादवले व्यवसायीहरूलाई लेनदेनका प्रत्येक कारोबारमा बिल लिन र दिनुपर्ने कुरामा जोड दिँदै कर नतिर्ने प्रवृत्ति देशको अर्थतन्त्रको लागि हानिकारक हुने बताए। उनले कसैले बिल नदिएमा जानकारी दिन आग्रह गर्दै पालिकाबाट आवश्यक सहयोग गरिने आश्वासन दिए।
कार्यक्रमको अध्यक्षता घरेलु तथा साना उद्योग कार्यालय राजविराजकी अधिकृत रेखा यादवले गरिन्। उनले व्यवसाय दर्ता तथा फारम भर्ने विषयमा स्पष्टता प्रदान गरिन्। रेखा यादवले फारमहरू आफैं भर्न सकिने क्षमताको विकास गर्न व्यवसायीहरूलाई प्रेरित गर्दै भनिन्, “हामी प्रायः बाह्य व्यक्तिलाई पैसा दिएर फारम भराउँछौं, तर अलिकति प्रयास र बुझाइले हामी आफैं सजिलै गर्न सक्छौं। परिश्रमको फल मिठो हुन्छ।”
कार्यक्रममा वडा नम्बर १ की विशिष्ट अतिथि लिला देवी यादव, कर कार्यालय राजविराजका प्रमुख लालदेव, रूपनी गाउँपालिका अधिकृत उमेश प्रसाद यादव, लगुध्मी उद्योग संघ अध्यक्ष मोहम्मद सरिफ राईन, प्रेस सेनानी पत्रकार बैधनाथ झा ‘बाबा’ तथा पब्लिक प्रेसका पत्रकार नविन कुमार यादव लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रशिक्षकका रूपमा बिरेन्द्र साह तथा भाष्कर पाण्डेले सहभागीहरूलाई उद्योग सञ्चालन, कर तिर्ने प्रक्रिया, दस्तावेज व्यवस्थापन जस्ता विषयमा प्रशिक्षण प्रदान गरे। कार्यक्रममा सहभागी व्यवसायीहरूले आफ्ना समस्या र जिज्ञासाहरू राख्न पाउने अवसर पाए।
यस प्रकारको अन्तरक्रिया कार्यक्रमले व्यवसायीहरूमा प्रशासनप्रति विश्वास र पारदर्शिता बढाउने अपेक्षा गरिएको छ। साना तथा घरेलु उद्योगको विकासका लागि नियमितरूपमा यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता सहभागीहरूबाट औंल्याइएको थियो।

brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 38;









