समाचार

डिभिजनल वन अधिकृत हेमन्त साहसहितका विरुद्ध भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन

पब्लिक प्रेस।

सप्तरी — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय जलेश्वरका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साह, तत्कालीन सहायक वन अधिकृत लक्ष्मण प्रसाद यादव लगायतका कर्मचारीहरू विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि पुनः एकपटक रम्तेलडाँडा सामुदायिक वन क्षेत्रको रुख कटानी प्रकरण चर्चामा आएको छ।

आयोगको अनुसन्धानमा रम्तेलडाँडा सामुदायिक वन क्षेत्रका विभिन्न रुखहरू व्यक्तिलाई लाभ हुने गरी अनधिकृत रूपमा कटान गरिएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत दफा १७ बमोजिम भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। आयोगले प्रतिवादीहरू उपर रु. ११,९६,६९५/- बराबरको सरकारी हानी भएको बिगो कायम गर्दै कैद, जरिवाना र बिगो असुल गर्न विशेष अदालत, काठमाडौंमा मुद्दा चलाएको थियो।

विशेष अदालतले २०८१ साल असार २५ गतेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। तर आयोगले उक्त फैसलाविरुद्ध असन्तुष्टि जनाउँदै २०८२ असार २ गते सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button