पब्लिक प्रेस ।
सप्तरीको विष्णुपुर गाउँपालिकाका दलित बस्तीहरू धेरै चुनौतीहरूको सामना गरिरहेका छन्। गाउँपालिकाका अध्यक्ष उमेश यादवले चुनावी अभियानमा दलित समुदायप्रति समर्पित हुने वाचा गरे पनि स्थानीयहरू उनीबाट ठोस सुधारको अपेक्षा पूरा नभएको भन्दै असन्तुष्ट छन्।
स्थानीय दलित बस्तीका बासिन्दाले स्वच्छ खानेपानी, शिक्षा, सीप विकास तथा अन्य पूर्वाधारको अभावबारे गुनासो व्यक्त गरेका छन्। उनीहरूले भने अनुसार, गाउँपालिकाले जडान गरेको चपाकल समेत पानी दिन असमर्थ रहेको छ।
दलित समुदायका केही सदस्यहरू भयका कारण आफ्नो अधिकारको पक्षमा खुलेर बोल्न पनि सक्दैनन्। उनीहरूको दाबी अनुसार, राजनीतिक नेतृत्वले उनीहरूलाई सधैं चुनावी प्रचारको हतियारको रूपमा मात्र प्रयोग गरेको छ, तर व्यवहारमा उनीहरूको आवश्यकताहरू सम्बोधन गरिएको छैन।
स्थानीय सरकारले दलित समुदायको लागि प्रभावकारी उपाय खोज्ने कि यथास्थितिमै बस्ने भन्ने प्रश्न अहिले ती बस्तीमा गम्भीर बहसको विषय बनेको छ।
यस विषयमा अध्यक्ष यादव संग फाेन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।