समाचार

प्रेस सेन्टरको स्थापना दिवसमा शैक्षिक  सामग्री वितरण

राजविराज, १५ माघ ।
प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसरमा एक कार्यक्रम विच मंगलवार दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। सेन्टरको स्थापना दिवसको अवसरमा राजविराज नगरपालिका वडा नम्वर ९ का ४० जना विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गरिएको हो । दलित समुदायका बालबालिकाहरुलाई कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको छ। सेन्टरको जिल्ला अध्यक्ष विन्दु कुमार यादवको अध्यक्षतामा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा स्थानीय समाजसेवी सन्जु सिंह, महेन्द्र विन्देश्वरी क्यामपसको प्रोफेसर चन्देश्वर यादव,सेन्टरको उपाध्क्ष कमान्नद माझी,महेन्द्र मण्डल,सेन्टरको सदस्य मनोज कुमार यादव ,पत्रकार रामनाथ यादव ,अस्थायी प्रहरी पोष्ट खर्साल टोलका वरिष्ठ प्रहरी हवलदार ललित चोरसिया लगायतका व्यक्तिहरुको सहभागीतामा सो सामग्री वितरण गरिएको थियो ।
यसैगरी प्रेस सेन्टरको स्थापना दिवसको अवसारमा राजविराजमा मंगलवार मैनवती प्रज्जवलन गरिएको छ । सेन्टरद्वारा राजविराज स्थित रहेको दशन चौकमा मैनवती प्रज्जवलन गरेको हो ।
प्रेस सेन्टर नेपाल सप्तरीका अध्यक्ष विन्दु कुमार यादवको नेतृत्वमा आयोजना गरिएको कार्यक्रममा राजविराज नगरपालिका वडा नम्वर ८ को वडा अध्यक्ष जय नारायण मण्डल,सेन्टरको दिनानाथ यादव,उपाध्यक्ष कमान्नद माझी,मनोज यादव लगायतकाहरुले मैनवती प्रज्जवलन गरेको थियो ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button