एमाले

ओली–लेखक पक्राउको विरोधमा एमाले सप्तरीको ज्ञापन, तत्काल रिहाइको माग

पब्लिक प्रेस ।

सप्तरी — नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी सप्तरीले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रामेश लेखकको पक्राउप्रति तीव्र आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ।
जिल्ला कमिटीले  आईतवार जारी गरेको ज्ञापनपत्रमा उक्त पक्राउलाई राजनीतिक प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी कदम भएको ठहर गर्दै लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक अधिकारमाथि गम्भीर प्रहार भएको उल्लेख गरिएको छ। पार्टीले यस्तो कदम तत्काल सच्याउन सरकारलाई चेतावनी दिएको छ।
एमाले सप्तरीले २०८२ भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठित आयोगप्रति असन्तुष्टि जनाउँदै त्यसको प्रतिवेदनलाई अपूर्ण, पक्षपाती र न्यायिक मान्यताविपरीत रहेको आरोप लगाएको छ। निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गर्न माग गरिएको छ।
ज्ञापनपत्रमा ओली र लेखकलाई अविलम्ब रिहा नगरे आन्दोलनका कार्यक्रम थप सशक्त बनाइने स्पष्ट चेतावनी दिइएको छ। साथै उत्पन्न हुन सक्ने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार स्वयंले वहन गर्नुपर्ने एमालेले जनाएको छ।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button