समाचार

बिद्यालयमा राजनीति:सिकेलाई अभरटेक गर्दै उपेन्द्र प्रमुख अतिथि

पब्लिकप्रेस संवाददाता

नविन निर्भय यादव |

मधेस केन्द्रित राजनीतिक दलहरूबीच रहेको वर्चस्वको प्रतिस्पर्धा सामुदायिक बिद्यालयको कार्यक्रममा समेत देखा परेका छ्न।

जनता समाजवादी पार्टी नेपालको अध्यक्ष उपेन्द्र यादवले आफ्नो वर्चस्व कायम राख्न सप्तरी निर्वाचन क्षेत्र-२ मा डा.सिके राउतलाई अभरटेक गरिरहेका छ्न।यस क्षेत्रमा हुने अधिकांश कार्यक्रममा उपेन्द्र यादव प्रमुख अतिथि बन्ने तुच्छपना देखाइरहेको डा.राउतले बताएका छ्न।
मधेस कृषि विश्वविद्यालय शिलान्यासको विषय लिएर जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीबीचको विवाद सामुदायिक बिद्यालयमा भएको `अमृत महोत्सव´सम्म पुगेको छ।

शुक्रबार सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-७ स्थित रहेको लक्ष्मी बल्भ नरसिंह माध्यमिक बिद्यालयले ७५ वर्ष पार गरेको अवसरमा मनाइएको अमृत महोत्सवमा जनमतका राष्ट्रिय अध्यक्ष डा.सिके राउतलाई नबोलाएपछि उनी रुष्ट भएका छन।

सो महोत्सवमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथको रुपमा बोलाएपछि डा.राउतले यसलाई राजनीति तुच्छपना बताएका छ्न।डा.राउतले गत प्रतिनिधिसभाको निर्वाचनमा जसपा अध्यक्ष यादवलाई भारी मतान्तरले पराजित गरेका थिए ।

तर,सप्तरी निर्वाचन क्षेत्र-२ का मतदाताले डा.राउतलाई यस क्षेत्रको नेतृत्व गर्न जनादेश दिएपनि उपेन्द्र यादवले आफ्नो वर्चस्व कायम राख्न हरसम्भव प्रयास गरिरहेका छ्न।उनी यस क्षेत्रमा २५ लाखको योजना शिलान्यास गर्नेदेखि सामुदायिक बिद्यालयको कार्यक्रमसम्म डा.राउतलाई अभरटेक गरिरहेका छ्न।
यी दुई राजनीतिक दलबीच जारी वर्चस्वको राजनीति एकचोटि फेरी सतहमा आएको छ।डा.राउतले यस्तो शैली राजनीति तुच्छपना भएको बताउँदै दुख व्यक्त गरेका छ्न।उनी सप्तरी निर्वाचन क्षेत्र-२ मा उपेन्द्र यादवलाई कुनै हिसाबले सार्वजनिक कार्यक्रमको प्रमुख अतिथि बनाइनु आवश्यक नरहेको बताउँछन् ।उक्त बिद्यालयले अमृत महोत्सवमा राउतलाई नबोलाएपछि यसलाई उनी विचित्र मानेका छ्न।

मधेश प्रदेशमा आफ्‌नो वर्चस्व देखाउने प्रतिस्पर्धामा उत्रिएका दुई नेताबीच शुरुदेखी नै द्वन्द्व देखा परेका छ्न।राजविराजमा मधेश कृषि विश्वविद्यालयको शिलान्यास गर्न जसपा अध्यक्ष यादव गएपछि जनमत पार्टीका कार्यकर्ताहरु त्यसको विरोध गरेका थिए।

त्यसक्रममा प्रहरीसँग झडप हुँदा मधेशका तत्कालीन शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव,बर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएका थिए। उनीहरुलाई प्रहरीको लाठी लागेको थियो ।जसलाई जनमत पार्टीले एक किसिमको गुण्डागर्दी शैलीमा शिलान्यास गरिएको बताउँदै आएका छ्न।

पब्लिक प्रेस न्यूजडेस्क

"पब्लिक प्रेस न्यूज डेस्क" यस अनलाइन पोर्टलको आधिकारिक समाचार इकाई हो। यो न्यूज डेस्कले मुख्यतया मधेश प्रदेश, विशेष गरी सप्तरी जिल्ला र आसपासका राजनीतिक, सामाजिक, धार्मिक तथा समसामयिक घटनाहरूलाई समेट्ने गर्दछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button